दर्शक बुझ्ने भैसके त्यसैले विदेशी सिनेमासँग डराउनु पर्दैन् : झरना थापा

दर्शक बुझ्ने भैसके त्यसैले विदेशी सिनेमासँग डराउनु पर्दैन् : झरना थापा

द सिनेमा टाइम्स
0
Shares

सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री तथा निर्देशक झरना थापा आगामी बैशाख १ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘ए मेरो हजुर ४’को प्रचार प्रसारमा व्यस्त छिन् । निर्देशक थापाको निर्देशनमा निर्माण भएको यो तस्रो सिनेमा हो ।

सिनेमाको सार्वजनिक गीतसंगीत तथा ट्रेलरले दर्शकबाट उत्कृष्ट पतिक्रिया पाइरहेको छ । अभिनेत्री तथा निर्देशक थापाले सिनेमाको प्रचार सामाग्रीमा दर्शकबाट मिलेको प्रतिक्रिया आफु निकै उत्साहित भएको बताउँछिन् । हामीले सिनेमा मेहनत गरेर बनाएको र दर्शक पनि अहिलेको अवस्थामा धेरै बुझ्ने भैसके त्यसैले बलिउड र हलिउडका जुनसुकै सिनेमा आएपनि फरक नपर्ने विश्वास व्यक्त गरिन् ।

निर्देशक थापाले आफु अभिनेत्रीमा २० बर्षसम्म सिकेको अनुभव अहिले निर्देशनमा लगाई रहेकाले पनि आफ्नो हरेक सिनेमाले दर्शकको साथ पाइरहेको बताउँछिन् । यदी आफुले अभिनेयबाट राम्रो दर्शक नकमाएको भए अहिले निर्देशकको रुपमा सफल बन्न निकै सकस पर्न सक्थ्यो । तर, अभिनयमा कमाएका दर्शकले अहिले निर्देशक बन्दा पनि साथ दिएको उनको भनाई छ ।

हामी निर्देशक बनिसक्दा पनि राम्रो कथा बनिरहँदा आफै अभिनय गरौं जस्तो लाग्दैन् ? भनेर सोधेको प्रश्नमा निर्देशक थापाले आफु अहिले निर्देशकमा नै ठिक छु भन्ने लाग्न थालेको बताइन् । तर, सिनेमामा राम्रो गीतहरु बन्दा भने यो गीतमा चाँही मैले नै काम गर्न पाए हुन्थ्यो भन्ने चाँही लाग्ने गरेको सुनाइन् । ‘ए मेरो हजुर २’ कै गीत ‘किनी देउन साँइला दाई’ गीतको छायांकन गरिरहँदा यो गीतमा आफैले अभिनय गर्न पाए हुन्थ्यो भन्ने लोभ लागेको उल्लेख गरिन् ।

सिनेमा ‘ए मेरो हजुर ४’ मा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतम लगायतका कलाकारहरुको पनि अभिनय छ । सुनिल कुमार थापाले निर्माण गरेको फिल्ममा मित्र डि गुरुङको सम्पादन, रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ ।

सिनेमाको कथा निर्देशक तथा अभिनेत्री झरना थापाले लेखेकी हुन् । सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाको पटकथा र संवाद लेखनमा निर्देशक थापालाई स्व। निर्देशक छेतेन गुरुङ, मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् ।