रनवीरको ‘एनिमल’मा परिणीतिको ठाउँमा रश्मिका

रनवीरको ‘एनिमल’मा परिणीतिको ठाउँमा रश्मिका

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता रणवीर कपुरको मुख्य भुमिका रहने सिनेमा ‘एनिमल’मा दक्षिण भारती सिनेमाकी चर्चित अभिनेत्री रश्मिका मन्दानाको प्रवेश भएको छ । शनिवार निर्माण टिमले सिनेमामा रश्मिकाको प्रवेश भएको जानकारी दिएको छ ।

अप्रिल अन्तिमबाट रश्मिकाले एनिमलको छायांकन सुरु गर्नेछिन् । ११ अगस्ट २०२३ मा प्रदर्शन हुन लागेको सिनेमामा अभिनेता द्वय अनिल कपूर र बबी देओलको पनि अभिनय रहनेछ । ‘एनिमल’को घोषणा हुँदा सिनेमामा अभिनेत्री परिणीति चोपडाको अभिनय रहने पक्का थियो । तर, उनको समय व्यस्तताका कारण निर्माण टिमले रश्मिकालाई अनुबन्ध गरेको हो ।

‘एनिमल’को चर्चा यसको निर्देशकका कारणले पनि भइरहेको छ । सिनेमालाई ‘अर्जुन रेड्डी र कबीर सिंह’का निर्देशक संदीप वांगा रेड्डीले गर्दैछन् । भूषण कुमारको टि-सिरिज, प्रणय रेड्डी वांगाको भद्रकाली पिक्चर्स र मुराद खेतानीको सिने स्टूडियोले निर्माण गर्ने सिनेमामा नेपाली अभिनेत विपिन कार्कीको पनि अभिनय रहनेछ ।