‘ए मेरो हजुर ४’को प्रचारमा व्यस्त सुहाना (फोटो फिचर)

‘ए मेरो हजुर ४’को प्रचारमा व्यस्त सुहाना (फोटो फिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री सुहाना थापा अहिले आगामी बैशाख १ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘ए मेरो हजुर ४’को प्रचारमा निकै व्यस्त छिन् । उनी आज भोली दैनिक जसो मिडियामा अन्तरवार्ता र विभिन्न कार्यक्रममा प्रचार गरिरहेको भेटिन्छिन् ।

अहिलेसम्म सिनेमामा समावेश गीतसंगी, टिजर र ट्रेलरले दर्शकमाझ राम्रो हाइप बनाएको छ । जसको प्रभाव बक्सअफिसमा देखिनेमा उनी विश्वस्त छिन् । यति मात्रै होइन उनी डेव्यु सिनेमा ‘ए मेरो हजुर ३’ भन्दा राम्रो काम यो सिनेमामा गरेको दाबी गर्छिन् ।

उनले भनिन्, ‘ए मेरो हजुर ३ मा दर्शकले आफ्नो काम रुचाएकाले पनि यो सिनेमामा अझै राम्रो काम गर्नु पर्ने चुनौती थियो । त्यसलाई पुरा गर्न पनि आफु र आफ्नो टिमले छायांकन अघि वर्कसपमा गरेको मेहनत सम्झिन्छन् । वर्कसपमा गरेको मेहनत सिनेमाको पर्दामा दर्शकले महसुस गर्नेछन् ।’

अभिनेत्री झरना थापा निर्देशित तेस्रो सिनेमा ‘ए मेरो हजुर ४’ मा अनमोल र सुहानाका अलवा सलोन बस्नेत, रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतम लगायतका कलाकारहरुको पनि अभिनय छ । सुनिल कुमार थापाले निर्माण गरेको फिल्ममा मित्र डि गुरुङको सम्पादन, रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ ।

सिनेमाको कथा निर्देशक तथा अभिनेत्री झरना थापाले लेखेकी हुन् । सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाको पटकथा र संवाद लेखनमा निर्देशक थापालाई स्व। निर्देशक छेतेन गुरुङ, मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् ।

तस्वीर : ज्ञानु राई