आलोचकलाई पनि मन पराउने अनमोल

आलोचकलाई पनि मन पराउने अनमोल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता अनमोल केसीको मुख्य भुमिका रहेको सिनेमा ‘ए मेरो हजुर ४’ बैशाख १ गतेबाट नयाँ वर्षको अवसरमा रिलिज हुँदैछ । सिनेमाको सार्वजनिक गीतसंगीत र टिजर तथा ट्रेलर दर्शकमा बनाएको हाइपले निर्माण टिम उत्साहित छ ।

सिनेमाको प्रचारमा टिम जसरी खटेको छ, त्यसमा अनमोलले पनि त्यति नै साथ दिरहेका छन् । आइतबार सिनेमाको निर्माण टिमले मेन स्ट्रीम मिडियासँग साक्षत्कार कार्यक्रम राखिएको थियो । जहाँ अनमोललाई पत्रकारले तपाईको अभिनयमा खोट लगाएर गाली गर्ने र ट्रोल बनाउनेलाई कसरी लिनु हुन्छ ? भनेर प्रश्न गरेका थिए ।

जवाफ अनमोलले भने – ‘म यसलाई त निक्कै सकारात्मक रुपमा हेर्छु । किनकी, मैले होस्टेल जेरी रिलिज हुँदा त अभिनय वुझेकै थिइनँ । त्यसपछि बारम्बार यसमा आलोचना हुन थालेपछि मात्र मैले आफूलाई निखार्न थालेको हुँ । यसैले, आलोचनाले मेरो कमजोरी थाहा हुन्छ । अनी, मैले अझै आफूलाई निखार्न पाउँछु । कृपया मलाई नविर्सनु होला । तपाइहरुले विर्सनुभयो भने म मातिन सक्छु ।’

अनमोलले आफ्ना विरुद्धमा आउने ट्रोलमा पनि खुलेरै रमाउने भएकाले हेटर्सलाई आफुलाई नभुल्न आग्रह पनि गरेका छन् । उनले अगाडि भने-‘मान्छे कहिले पनि पूर्ण हुन सक्दैन । पूर्णताको नजिक पुग्न खोेज्ने मात्र हो । यसैले, म पनि पूर्णताको नजिक पुग्ने कोशिशमा छु ।’

नेपालमा सबैभन्दा धेरै आलोचना भोग्ने मध्येका एक अनमोल आलोचकहरुको कुरालाई सकारात्मक रुपमा लिन्छन् । उनलाई जसले मन पराउँदैन उनीहरुलाई पनि आफुले मन पराउँने उल्लेख गरे । यस्तै, अनमोलले आफ्ना हेटर्सलाई पनि ‘ए मेरो हजुर ४’ मन पर्ने दाबी गरेका छन् । आजसम्म जतिले पनि आफुलाई विभिन्न खोट देखाएर गाली गर्नेहरु पनि हलबाट भावुक भएर निस्किँदै आफ्नो प्रशंसक भन्ने विश्वास व्यक्त गरे ।