anmol jasita

सलमानको ‘कभी इद कभी दिवाली’बाट बाहिरिए साजिद

सलमानको ‘कभी इद कभी दिवाली’बाट बाहिरिए साजिद

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता सलमान खानको मुख्य भुमिका रहने सिनेमा ‘कभी इद कभी दिवाली’बाट निर्माता साजिद नाडियाडवाला बाहिरिएका छन् । उनको व्यानरमा निर्माण भएका सिनेमा ‘तडप, बच्चन पाण्डे र बागी ३’ लगातार असफल भएपछि उनी तत्काल ठुलो लगानी रहने निर्माण नगर्ने मुडमा पुगेका छन् ।

सलमान र साजिद निकै मिल्ने साथी हुन् । त्यसले सिनेमामा आफुले लगानी गर्न नसक्ने कुरा सलमानलाई जानकारी गाराइसकेको बलिउड मिडियाले उल्लेख गरेका छन् । यसअघि साजिद र सलमानले ‘मुझसे सादी करोगी, जानेमन, किक’ लगायतका सफल सिनेमामा एकसाथ काम गरिसेका छन् ।

साजिद सिनेमाको निर्माताबाट बाहिरिए पनि सिनेमाको छायांकन नरोक्ने पक्षमा छन् सलमान । उनले चाँडै सलमान खान फिल्मस्को ब्यानरबाट सिनेमाको छायांकन सुरु गर्ने तयारीमा रहेको बलिउड मिडियाले जनाएका छन् । निर्माता साजिदले सिनेमाको छायांकन रोक्न आग्रह गरेपनि सलमानले प्रिप्रोडक्सनको काम सवै सकिसकेकाले आफ्नै व्यानरमा निर्माण गर्ने बताएका छन् ।