प्रिमियर शोमा ‘ए मेरो हजुर ४’ लाई उत्कृष्ट प्रतिक्रिया

प्रिमियर शोमा ‘ए मेरो हजुर ४’ लाई उत्कृष्ट प्रतिक्रिया

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता अनमोल केसी र सुहाना थापा अभिनित सिनेमा ‘ए मेरो हजुर ४’को बुधबार काठमाडौंमा भव्य प्रिमियर शोको आयोजना गरिएको थियो । लभस्टोरी सिनेमा नयाँ वर्षको अवसर पारेर बिहीबारबाट प्रदर्शनमा आएको छ । सिनेमाले विहानी शोदेखि नै हाउसफुल दर्शकको साथ पाइरहेको छ । भने प्रिमियर शोमा पनि उपस्थित सिनेमाकर्मी र पत्रकारबाट उत्कृष्ट प्रितिक्रिया मिलेको थियो ।

सिनेमाको प्रिमियरमा नेपाली सिनेमा क्षेत्रका कलाकार, निर्माता, निर्देशक र पत्रकारको बाक्लो उपस्थित रहेको थियो । प्रिमियरमा कलाकारहरु नीर शाह, भुवन केसी, सरोज खनाल, रविन्द्र खड्का, रवि गिरी, दीपकराज गिरी, दीपाश्री निरौला, केकी अधिकारी, स्वस्तिमा खड्का, निर्मल शर्मा, नीता ढुंगाना, हरिहर अधिकारी, आश्मा विश्वकर्मा, सरोज अधिकारी लगायत कलाकारहरुको उपस्थिति थियो ।

यस्तै माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, निर्देशक सुरेन्द्र पौडेल, निर्देशक रामबाबु गुरुङ, निर्देशक ज्ञानेन्द्र देउजा, निर्देशक विशाल भण्डारी, लेखक प्रदीप भारद्धाज, यम थापान र्र यापर बालेन शाह पनि सिनेमाको प्रिमियरमा उपस्थित थिए ।

झरना थापा निर्देशित सिनेमामा रवि गिरी, सरोज खनाल, सलोन बस्नेत, लुनिभा तुलाधर, रक्षा गौतम लगायतका कलाकारको पनि अभिनय छ । सुनिल कुमार थापाले निर्माण गरेको सिनेमामा मित्र डि गुरुङको सम्पादन, रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ ।

सिनेमाको कथा निर्देशक तथा अभिनेत्री झरना थापाले लेखेकी हुन् । सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाको पटकथा र संवाद लेखनमा निर्देशक थापालाई स्व. निर्देशक छेतेन गुरुङ, मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् ।

तस्वीर : ज्ञानु राई