विवाह बन्धनमा बाँधिए रणवीर र आलिया

विवाह बन्धनमा बाँधिए रणवीर र आलिया

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट वैवाहिक बन्धनमा बाँँधिएका छन् । उनीहरुले बिहीबार मुम्बईमा आफ्ना सीमित आफन्त र साथीभाइको उपस्थितिमा विवाह गरेका हुन् ।

विवाह समारोहमा कपुर र भट्ट परिवारका अलावा केही सीमित व्यक्तिको मात्रै उपस्थिति रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । विवाहको विषयमा उनीहरुले अन्तिम समयसम्म पनि गोप्य राख्ने प्रयास गरेका थिए ।

रणवीर र आलियाले विवाहलाई गोप्य राख्न मिडियासँग समेत दूरी कायम गरेका थिए । ३९ वर्षीय रणवीर र २९ वर्षीया आलिया विगत पाँच वर्षदेखि एकअर्कालाई डेट गरिरहेका थिए । रणवीर र आलिया चाँडै नै फिल्म ‘ब्रम्हास्त्र’बाट दर्शकमाझ आउँदैछन् ।

आलियाको मुख्य भूमिका रहेको सञ्जय लीला भन्साली निर्देशित सिनेमा ‘गंगुबाई काठियावाडी हालै प्रदर्शनमा आएको थियो । जसलाई दर्शकले निकै रुचाएका थिए ।