anmol jasita

बक्सअफिसमा ‘ए मेरो हजुर ४’ बम्पर व्यापार, तीन दिनमा २ करोड ४३ लाख ग्रस कलेक्सन

बक्सअफिसमा ‘ए मेरो हजुर ४’ बम्पर व्यापार, तीन दिनमा २ करोड ४३ लाख ग्रस कलेक्सन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बैशाख १ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘ए मेरो हजुर ४’ ले बक्सअफिसमा बम्पर व्यापार गरेको छ । पहिलो दिन ८८ लाख भन्दा माथि व्यापार गरेको सिनेमाले दोस्रो र तेस्रो दिन पनि बम्पर व्यापार कायम राखेको थियो ।

वितरक गोविन्द शाहीले ए मेरो हजुर ४ ले तीन दिनमा २ करोड ४३ लाख ग्रस कलेक्सन गरेको बताए । अनमोल केसी र सुहाना थापा स्टारर सिनेमाले पहिलो दिन ८८ लाख, शुक्रबार ६६ लाख र शनिबार ८९ लाख ग्रस कमाइ र्गयो । आज चौंथो दिन आइतबार पनि सिनेमाले राम्रो व्यापार गरिरहेको ३ करोड ग्रस गर्ने बितरक शाहीले जानकारी दिए ।

ए मरो हजुर ४ निर्माता सुनिल कुमार थापाले विदेशी सिनेमाको चेपुवा बावजुद पनि उत्कृष्ट व्यापार गरेको भन्दै दर्शकलाई धन्यवाद ज्ञापन गरे । आगामी दिनमा हामी राम्रो सिनेमा निर्माण गरेको खण्डमा दर्शकले साथ दिने भएकाले पनि बलिउड र हलिउडमा सिनेमासँग डराउनु नपर्ने विश्वास व्यक्त गरेका छन् ।

झरना थापा निर्देशित सिनेमामा रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतम लगायतका कलाकारको पनि अभिनय छ । सुनिल कुमार थापाले निर्माण गरेको सिनेमामा मित्र डि गुरुङको सम्पादन, रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ ।

सिनेमाको कथा निर्देशक तथा अभिनेत्री झरना थापाले लेखेकी हुन् । सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाको पटकथा र संवाद लेखनमा निर्देशक थापालाई स्वर्गिय निर्देशक छेतेन गुरुङ, मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् ।