हल सञ्चालक तथा बितरकलाई नियम अनुसार चल्न बिकास बोर्डको निर्देशन

हल सञ्चालक तथा बितरकलाई नियम अनुसार चल्न बिकास बोर्डको निर्देशन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मंगलबार चलचित्र बिकास बोर्डले राधरानीमा सम्पुर्ण हल सञ्चालकलाई बोलाए अबदेखि अनुमति लिएर मात्र हलको शो संख्या र टिकट दर निर्धारण गर्न निर्देशन दिएको छ । बिकास बोड अध्यक्ष दाहालले प्रदर्शक, वितरक र निर्मातालाई कार्यालयमा बोलाएर यस्तो निर्देशन दिएको बताए ।

छलफलपछि अध्यक्ष दयाराम दाहालले बोर्डको अनुमतिबिना सिनेमा हलको शो र टिकट दर तोक्न नपाइने र आगामी दिनमा बोर्डलाई हलको रियल टाइम डाटा पनि उपलब्ध गराउन निर्देशन दिएका हुन् । अनुमतिबिना दक्षिण भारतीय सिनेमा ‘केजीएफ च्याप्टर २’ मध्यरातमा शो राखेर आफूखुसी टिकट दर कायम गरिएको भन्दै व्यापक गुनासो आएपछि बोर्डले प्रदर्शक र वितरकलाई बोलाएर यस्तो निर्देशन दिएको छ ।

बिकास बोर्डको छलफलमा सहभागी प्रदर्शक र निर्माताले भने चौबीसै घण्टा शो उपलब्ध गराउनुपर्ने नियम ल्याउन आग्रह गरेका थिए । त्यस लगत्तै बोर्ड अध्यक्ष दाहालले नियम नमान्ने र आफूखुसी चल्ने हललाई बन्द गराउने गरी आफूहरु अघि बढ्ने चेतावनी समेत दिएका छन् ।

आगामी दिनमा नेपाली सिनेमालाई प्राथमिकता राख्ने बिषयमा पनि जोडदार छलफल भएको अध्यक्ष दाहालले जानकारी दिए । ‘अबका दिनमा पहिलो प्राथमिकतामा नेपाली सिनेमालाई राख्ने प्रतिबद्धता गर्नु भएको छ,’ दाहालले भने, ‘साथै सम्पुर्ण हल सञ्चालक तथा वितरकले नेपाली सिनेमालाई प्राथमिकतामा राख्ने माइन्युटमा सही पनि गर्नुभएको छ ।’

यस्तै, आगामी दिनमा हलमा दर्शक आउने परिस्थिति बनेमा मध्यरातमा पनि हल चलाउन पाइने, तर सुरक्षाको पूर्ण सुनिश्चितता हुने कुरा पनि भएको छ । यसबारे गृह मन्त्रालयका प्रतिनिधिलाई बोलाएर समेत छलफल गर्ने सहमति भएको छ । टिकट मूल्य तोक्नेबारे प्रदेश सरकारसँग बोर्डले सहजीकरण गर्ने निर्णय समेत भएको छ ।

बक्स अफिसलाई कडाइका साथ पालना गर्नुपर्ने, रियल टाइम डेटा उपलब्ध गराउनुपर्ने र बक्स अफिस प्रणालीलाई ‘म्यानुपुलेसन’ गर्न खोज्नेहरुलाई वितरण हुने सिनेमा नदिइनेबारे समेत छलफल भएको दाहालले बताए । यसको मोडालिटी चलचित्र संघ र निर्माता संघले तुरुन्तै बनाएर लागू गर्ने सहमति पनि भएको छ ।

अध्यक्ष दाहालले भने – ‘बोर्डको सहमतिबिना मनपरी ढंगले शो र टिकट दर बढाएको कुरामा प्रदर्शकले माफी माग्नुका साथै आगामी दिनमा गल्ती नगर्ने र नियम अनुसार अघि बढ्ने कुरा स्वीकार्नु भएको छ ।’