बक्सअफिस कार्यन्वयनका लागि हल अनुगमन सुरु भयो : राज कटुवाल

बक्सअफिस कार्यन्वयनका लागि हल अनुगमन सुरु भयो : राज कटुवाल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चलचित्र विकास बोर्डले आज शुक्रबारबाट देशभरका सिनेमा हल अनुगमन थालेको बोर्ड सदस्य तथा बक्सअफिस अनुगमन समिति संयोजक राज कटुवालले बताए ।

पछिल्लो समय बोर्डको अनुमति विना हलले शो र टिकट मुल्य बढाउने, बक्सअफिस रियल टाइम डाटा उपलब्ध नगराएर निर्मातालाई वितरकमा निर्भर बनाउने लगायतको व्यापक गुनासो आएपछि सिनेमा हल अनुगमन थालिएको संयोजक कट्वालले बताएका छन् ।

विकास बोर्डको अनुमति विना विदेशी सिनेमा मध्यरातमा चलाएर नीति नियमलाई नै चुनैती दिएपछि विकास बोर्ड अनुगमनमा तातिएको छ । बोर्ड सदस्य तथा बक्स अफिस अनुगमन समितिका संयोजकले राज कटुवालले काठमाडौँमा धेरै हलमा अनुगमन गरेको यसै शिलशिलामा बक्स अफिसमा डाटा नपठाउने हललाई एक पटकलाई चेतावनी दिएको र नमानेमा थप कारबाही गर्ने उल्लेख गरेका छन् ।

महामारीका कारण भर्खर भर्खर खुल्न थालेका हललाई व्यवस्थित गर्ने मौका दिऔँ भनेर सरकारले सदासयता राखेका थियो तर उहाँहरूको नियत नै सिस्टम फेल गराउने महसुस भएपछि हामीले अनुगमन तीव्र बनाएका हौँ,’ सदस्य राज कटुवालले भने । राजका अनुसार सिनेमा हलले कहिले के समस्या देखाएर त कहिले के समस्या देखाएर बक्स अफिसमा डाटा पठाउने गरेका छैनन् । पठाएका हलले पनि दुई तीन सय टिकट छलेर पठाउने गरेको पाइएको खुलाए ।

चलचित्र विकास बोर्डको शुक्रबार बसेको बैठकले पनि एक हप्ताभित्र बक्सअफिस जोडर रियल टाइम डाटा नपठाउने हललाई कारवाही गर्ने निर्णय गरेको छ । यस्तै शुक्रबार बसेको बोर्डको बैठकले नविकरण नभएका सिनेमा हललाई नविकरण गर्न आग्रह समेत गरेको छ । यसैबीच विकास बोर्डले मध्यरातमा टिकट मुल्य बढाए शो चलाएका सिनेमा हललाई कारवाहीको लागि राजस्व कार्यलयलाई पत्राचार गरिसकेको छ ।