‘मिस मार्भल’बाट हलिउड डेव्यु गर्दै फरहान अख्तर

‘मिस मार्भल’बाट हलिउड डेव्यु गर्दै फरहान अख्तर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – हलिउड सिरिज ‘मिस मार्भल’बाट बलिउड अभिनेता फरहान अख्तरले पनि हलिउड डेब्यु गर्ने भएका छन् । मार्भल स्टुडियो र डिज्ने प्लसको आगामी सिरिज ‘मिस मार्भल’मा अख्तरले अभिनय गर्ने पक्का भएको समाचार सम्प्रेषण बलिउड मिडियाले गरेका छन् ।

सिरिजमा फरहानको भूमिकालाई लिएर केही खुलाइएको छैन् । तर पनि उनको विशेष रोल हुने जानकारी मिडियाले प्रसारण गरेका छन् । यो सिरिजमा अरामिसा नाइट, सागर शेख, ऋष शाह, जेनोबिया श्राफ, मोहन कपुर, म्याट लिन्ट्जको समेत मुख्य भूमिका रहेको छ ।

मार्भलको यो प्रोजेक्टमा हुने फरहानको सम्भावित अभिनयलाई लिएर महत्वका साथ लिइएको छ । आगामी ८ जुनमा मिस मार्भल प्रिमियर हुने तयारीमा छ । साथै उनको कम्पनी एक्सेल इन्टरटनेमेन्ट र रितेश सिधवानीले नेटफ्लिक्ससँग मिलेर काम गर्दैछन् ।

अनि यतिबेला फरहान तीन बलिउड अभिनेत्री प्रियंका चोपडा, क्याटरिना कैफ र आलिया भट्टको मुख्य भूमिका रहने सिनेमा ‘जि ले जरा’ निर्देशन गर्ने तयारीमा समेत छन् । यो सिनेमामा उनका साथै बलिउड अभिनेता विक्की कौशलको पनि अभिनय रहने चर्चा बलिउड मिडियामा चलिरहेको छ ।