शनिबारबाट नेपालमा रनबीरको ‘जयशभाई जोडदार’

शनिबारबाट नेपालमा रनबीरको ‘जयशभाई जोडदार’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता रनबीर सिंह अभिनित सिनेमा ‘जयशभाई जोडदार’ नेपालमा पनि रिलिज हुने भएको छ । स्थानिय तहको निवार्चनका कारण शुक्रबार सिनेमा हल बन्द हुने भएपछि सिनेमा शनिबारबाट मात्रै नेपाल रिलिजको तयारी भैरहेको वितरक सुनिल मानन्धरले बताए ।

स्थानिय निवार्चनको चटारो र कोरोना महामारीपछि बलिउड सिनेमाले नेपालमा राम्रो व्यापार नगरी रहेको बेला सिनेमाको कन्टेन्ट र रनबीरको नेपाल फ्यान फोलोइङ्ग पनि राम्रो रहेकाले रिलिज गर्न लागेको वितरक मानन्धरले बताए । आगामी दिनमा यशराज फिल्मस्को व्यानरमा निर्माण भएका सिनेमा आफुले नै रिलिज गर्ने लागेको उनको भनाई छ ।

अनि सिनेमाका मुख्य अभिनेता रनबीर सिंहले पनि एक भिडियो जारी गर्दै नेपाली दर्शकलाई सिनेमा हेर्न आग्रह गरेका छन् । दिव्यांग ठक्करको लेखन तथा निर्देशन रहेको सिनेमामा शालिनी पाण्डे, बोमन इरानी, रत्ना पाठक शाह लगायतका कलाकारको अभिनय रहेको छ ।