अभिताभ, शाहरुख, अजय र रणवीरविरुद्ध बिहारमा मुद्दा दर्ता

अभिताभ, शाहरुख, अजय र रणवीरविरुद्ध बिहारमा मुद्दा दर्ता

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउडका अमिताभ बच्चन, शाहरुख खान, अजय देवगन र रणवीर सिंहविरुद्ध बिहारमा मुद्दा दर्ता भएको छ । उनीहरूविरुद्ध पान मसला र गुटखाको प्रचार गरेको आरोपमा बिहारको अदालतमा मुद्दा दर्ता भएको हो ।

बलिउड चर्चित स्टारविरुद्ध मुजफ्फरपुरका सामाजिक अभियन्ता तमन्ना हासमीले केस दर्ता गराएकी हुन् । वास्तवमा यो मुद्दा अभिनेता अक्षय कुमारबाट सुरु भएको थियो । हालै अभिनेता अक्षयले पान मसाला विमल ब्रान्डको प्रचार गर्दै गरेको देखिएपछि सामाजिक सञ्जालमा उनको चर्को आलोचना भएको थियो ।

अक्षयका साथै बलिउड अभिनेता अमिताभ बच्चन, अजय देवगन, शाहरुख खान र रणवीर सिंह पनि पान मसलाको प्रचार गर्दै गरेको देख्न सकिन्छ । हुन त अमिताभ बच्चनले गत वर्ष मात्रै आफूले प्रचार गर्दै आइरहेको तम्बाकु ब्रान्डसँगको आफ्नो सम्झौता रद्द गरिसकेका छन् ।

तर, तमन्नाले दर्ता गरेको मुद्दापछि यी चार अभिनेताको कानुनी झमेला सुरु भएको हो । उनले अमिताभ, अजय, शाहरुख र रणवीरविरुद्ध सेक्सन ४६७, ४६८, ४३९, र १२० बी अन्तर्गत मुद्दा दर्ता गराएकी हुन् ।

नवभारत टाइम्सका अनुसार उनीहरूविरुद्ध हालेको चार्जसिटमा ‘पैसाको लोभमा आफ्नो पपुलारिटीको गलत प्रयोग’ गरेको आरोप लगाइएको छ । यस मुद्दामा २७ मे मा सुनुवाइ बिहारको एक अदालतमा हुँदैछ ।