‘कबड्डी ४’ सिरिज कै उत्कृष्ट सिनेमा : रामबाबु गुरुङ

‘कबड्डी ४’ सिरिज कै उत्कृष्ट सिनेमा : रामबाबु गुरुङ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काटमाडौं – नेपालमा सर्वाधिक सफल ब्राण्ड मध्येको एक हो, ‘कबड्डी’ । पहिलोदेखि तेस्रो सिरिजसम्म सबैले बक्सअफिसमा बम्पर ब्यापार गरेका छन् । यो सिनेमा हरेक सिरिजप्रति दर्शकको औधि आकर्षण छ ।

सिनेमाको नामले नै एक किसिमका दर्शक हलको टिकेट काउन्टरसम्म पुर्याउने गर्छ । ‘कबड्डी’ सिरिज सानो बजेटबाट सुरुवात भएको सिनेमा यतिबेला नेपालको एउटा ठुलो ब्राण्ड बनिसकेको छ । सिनेमाको घोषणासँगै यसलाई दर्शकले पर्खिरहेका हुन्छन् । ‘कबड्डी’ भन्ने बितीकै सबैले सम्झिने पात्र हो, ‘काजी’ अर्थात दयाहाङ राई ।

काजीले ‘मैया’ अर्थात् आफ्नो सोल्टिनी प्राप्तिको लागि गर्ने संघर्षलाई निर्देशक रामबाबु गुरुङले मुस्ताङको स्वादमा ‘कबड्डी’ सिरिजमा पस्किने गरेका छन् । निर्देशक गुरुङलाई लेखनमा साथ दिएका छन् उपेन्द्र सुब्बाले । सिनेमाको पात्र र उसले बोल्ने संवादको कारण पनि यो सिरिज दर्शकमाँझ लोकप्रिय छ । यसैको चौथो सिरिज ‘कबड्डी ४ : द फाइनल म्याच’ आगामी शुक्रबारबाट प्रदर्शनमा आउँदैछ ।

रिलिजपूर्व नै खोलिएको बुकिङमा देखिएको दर्शकको चापले सिनेमाले राम्रो व्यापार गर्ने संकेत गरिसकेको छ । दर्शकले सिनेमाको प्रतीक्षा गर्दै गर्दा सिनेमाको निर्माण टिमले मंगलबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको थियो । सिनेमाको कार्यक्रममा बोल्दै लेखक मध्येका एक उपेन्द्र सुब्बाले यसपटक ‘कबड्डी ४’ लेखनमा निकै मेहनत गरेको बताए ।

निर्देशक तथा लेखक रामबाबु गुरुङले पनि ‘कबड्डी’ पछि लेखनमा सवैभन्दा धेरै मेहनत गरेकाले पनि सिनेमा उत्कृष्ट बनेको प्रतिक्रिया दिए । हामी ‘कबड्डी’ सिरिज निर्माणमा जहिल्यै हतारमा हुन्थो । यसपाली कारोना महामारीले पनि मज्जाले समय लिएर स्कृप्टमा काम गर्ने अवसर मिल्यो । त्यो मेहनत सिनेमाको पर्दामा दर्शकले देख्न पाउने विश्वास निर्देशक गुरुङ व्यक्त गरे ।

अनि सिनेमाका मुख्य पात्र अर्थात् ‘काजी’ दयाहाङ राई पनि सिनेमाको निर्माण र कामबाट सन्तुष्ट भएको बताउँछन् । ‘सरल कथामा उत्कृष्ट काम गरेका छौं, भन्ने लाग्छ’ उनले भने । अब हामीले दर्शकलाई कति खुशी बनाउँन सक्छौं त्यो त शुक्रबारबाट सिनेमा रिलिज पछि नै थाहा हुने उनले बताए ।

यता सिनेमा अर्का मुख्य पात्र अर्था बमकाजी पनि ‘कबड्डी ४’ मा काम गर्न सहज र रोमाञ्चक महसुस गर्ने बताउँछन् । रामबाबुले जहिल्य सरल र सामान्य कथालाई गहन रुपमा उठान गर्ने भएकाले पनि दर्शकको मनमा बस्न सफल भएको तर्क दिन्छन् । एउटा सफल सिनेमाको सिरिज र राम्रो कलाकार तथा निर्देशक रामबाबु गुरुङसँग सहकार्य गर्न पाउनु आफ्नो लक र काम प्रतिको लगावको प्रतिफल मान्छन् ।

यस्तै, ‘कबड्डी ४’ मा मैंया अर्थात् सोल्टिनीको रुपमा मिरुना मगरले अभिनय गरेकी छन् । सिनेमामा दयाहाङ र सौगातसँग काम गर्न चुनौती र सहजता दुवै हुने बुझाई उनको छ । उहाँहरुसँग काम गर्न रमाइलो पनि हुन्छ नै साथै धेरै करा सिक्न पनि पाइने मिरुना बताउँछिन् ।

यही सिरिजबाट नेपाली सिनेमामा डेव्यु गर्दैछिन् गौमाया गुरुङ । उनले पनि एउटा सफल सिरिज नाम चलेको व्यानरमा काम गर्न पाउँदा निकै खुशी लागिको बताइन् । ‘म  कबड्डी को रेगुलर दर्शक हो । तर, यसपाली आफैले सिनेमामा काम गर्ने अवसर पाएकोमा आफुलाई भाग्यमानी सम्झन्छु ।’ साथै आफु ‘कबड्डी ४’ मा बमकाजीको मिल्ने साथीको भुमिकामा देखिने उल्लेख गरिन् ।

यस्तै, ‘कबड्डी ४’ नेपाल रिलिजको तीन हप्तापछि भारतका १५ सहरमा समेत रिलिज हुने भएको छ । मंगलबार नै भारतको सिलगुढीमा पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको छ । आगामी असार २ गतेबाट सुष्मा प्रोडक्सनले भारतमा सिनेमा रिलिज गर्न लागेको हो ।