‘कबड्डी ४’को भव्य प्रिमियर समारोह (फोटो फिचर)

‘कबड्डी ४’को भव्य प्रिमियर समारोह (फोटो फिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काटमाडौं – शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘कबड्डी ४ : द फाइनल म्याच’को बिहिबार राधानीमा भव्य प्रिमियर शोको आयोजना गरियो । प्रिमियर शोमा रंगकर्मी, सिनेमाकर्मी र सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको थियो । सिनेमा हेरेर हलबाट निस्किँदै गर्दा अधिकांशले सिनेमा निकै राम्रो बनेको प्रतिक्रिया दिएका छन् ।

अग्रिम टिकट बुकिङ मै रेकर्ड बनाएको सिनेमाले कोरोना महामारी पश्चात बक्सअफिसमा बम्पर सुरुवात गरेको छ । प्रिमियरमा सिनेमा हेर्न अभिनेता भुवन केसी, अभिनेत्री निशा अधिकारी, प्रियंका कार्की, बेनिशा हमाल, उपासना सिंह ठकुरी, शिल्पा मास्के, दीया मास्के, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, रेश्मा घिमिरे लुनिभा तुलाधर लगायतको उपस्थित थिए ।

सिनेमाको प्रिमियरमा निर्माता तथा अभिनेता खगेन्द्र लामिछाने, निर्देशक हेमराज बिसी, निर्देशक मिन भाम, अभिनेता धिरज मगर, अभिनेता अनुप बराल, अभिनेता विपिन कार्की, निर्माता अर्जुन कुमार, वितरक तथा निर्देशक प्रचण्डमान श्रेष्ठ, अशोक शर्मा, अभिनेता अंकित शर्मा, प्रकाश घिमिरेका साथै कबड्डी ४ टिमको उपस्थिति रहेको थियो ।

बाँसुरी फिल्मस् र सुष्मा प्रोडक्सको प्रस्तुतिमा तयार भएको सिनेमामा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, बिजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतका कलाकारको अभिनय छ । समाजिक कथावस्तुलाई कमेडी मार्फत प्रस्तुत गरिएको सिनेमालाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।

सिनेमामा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, अनुपम शर्माको संगीत, रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ । सिनेमाका निर्माता विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार र मणिराम पोखरेल हुन् ।