रनवीर र आलियाको ‘ब्रह्मास्त्र’ ट्रेलर रिलिज

रनवीर र आलियाको ‘ब्रह्मास्त्र’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड सिनेमा ‘ब्रह्मास्त्र’को ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट ५२ सेकेन्ड लामो ट्रेलर जबर्जस्त बनेको छ । सिनेमामा अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्ट मुख्य भूमिकामा छन् ।

सिनेमामा रनवीर (शिवा) र आलिया (इशा)को चरित्रमा प्रस्तुत छन् । रणवीर (शिवा) सँग रहेको अदृश्य शक्तिले कसरी ब्रह्मान्डलाई खराब शक्तिबाट बचाउँछ भन्ने ट्रेलरबाट प्रस्ट्याउन खोजिएको छ । भिएफएक्सको अत्याधिक प्रयोग गरिएको ट्रेलरमा रणवीर र आलियाबीचको प्रेम र रोमान्सलाई पनि देखाइएको छ ।

सिनेमामा अमिताभ बच्चन, नागार्जुन अक्किनेनी र मौनी रोयको पनि मुख्य भूमिका छ । अयान मुखर्जीले सिनेमाको लेखन तथा निर्देशन गरेका हुन् । ट्रेलरमा अमिताभ र नागार्जुन ब्रह्मान्डको रक्षा गर्दै देखिएका छन् भने भने मौनी नकारात्मक भूमिकामा प्रस्तुत छिन् ।

तीनवटा भागमा निर्माण हुने ‘ब्रह्मास्त्र’को पहिलो पार्टलाई ‘शिवा’ उपनाम दिइएको छ । आगामी ९ सेप्टेम्बरमा सिनेमा रिलिज हुनेछ । ३ सय करोडमा बनेको सिनेमालाई करण जोहर, अपूर्व मेहता, नमित मल्होत्रा र निर्देशक मुखर्जीले धर्मा प्रोडक्सन, प्राइम फोकस र स्टारलाइट पिक्चर्सको ब्यानरमा स्टार स्टुडियोसँगको सहकार्यमा निर्माण गरेका हुन् ।