रिया चक्रवर्ती र उनका भाइविरुद्ध अदालतमा लागूऔषध मुद्दा

रिया चक्रवर्ती र उनका भाइविरुद्ध अदालतमा लागूऔषध मुद्दा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउडका अभिनेता स्वर्गिय सुशान्त सिंह राजपुतको मामलामा लागूऔषध कोणबाट अनुसन्धान गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले अभिनेत्री रिया चक्रवर्ती र उनका भाई शौविक र अन्यलाई मुख्य आरोपी बनाउँदै विशेष अदालतमा मुद्दा दर्ता गराएको छ ।

एनसीबीले सुशान्तका लागि लागू औषध किन्ने मामलामा रिया र अन्यलाई आरोपी बनाएको छ । स्पेसल पब्लिक प्रोसिक्युटर अतुल सरपन्देले सबै आरोपीहरुको चार्जसिटमा आरोप तय गरिएको छ । उनले ड्राफट चार्जसिट दर्ता गर्दै रिया र शौविकले लागू औषधको प्रयोग गरेको र सुशान्तका लागि यसको खरिद बिक्री गरेको दाबी गरेका छन् ।

उनले अदालतले सबै आरोपीमाथि आरोप तय गर्ने तयारीमा रहे पनि केही आरोपीले डिस्चार्ज एप्लिकेसन दर्ता गराएकोले त्यसो हुन नसकेको बताए । अदालतले डिस्चार्ज एप्लिकेसनमाथि फैसला नहुञ्जेलसम्म आरोप तय गर्न नसकिने जनाएको छ । बुधबार भएको अदालती कारवाही प्रक्रियामा रिया र शौविक उपस्थित थिए ।

विशेष न्यायाधीश वीजी रघुवंशीले यो मामलाको सुनुवाई १२ जुलाईमा गर्नेछन् । सुशान्तको मृत्युको मामलामा लागुऔषध मुद्धाअगाडि आएपछि रियालाई सन् २०२० को सेप्टेम्बरमा पक्राउ गरिएको थियो । करिब १ महिनाको जेल बसाईपछि मुम्बई उच्च अदालतबाट जमानत पाएकी थिइन् ।

सुशान्तले सन् २०२० को जुन १४ मा आफ्नो मुम्बईको फ्ल्याटमा झुण्डिएर आत्महत्या गरेका थिए । यस विषयमा अनुसन्धान उच्च अदालतको आदेशमा सीबीआईले गरिरहेकको छ तर अहिलेसम्म निस्कर्षमा पुग्न सकेको छैन ।