विवाह अघिको मेहेन्दी उत्सवमा प्रफुल्ल निता (फोटो फिचर)

विवाह अघिको मेहेन्दी उत्सवमा प्रफुल्ल निता (फोटो फिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबार अभिनेत्री नीता ढुंगाना र प्रेमी हरिहर अधिकारी विवाह बन्धनमा बाँधिदैछन् । बुधबार उनको मेहेन्दी उत्सव सम्पन्न भएको छ । निताको मेहेन्दी उत्सवमा परिवार नजिकका साथीहरुको उपस्थिति रहेको थियो ।

नीताको मेहेन्दी उत्सवमा अभिनेत्री रेखा थापा र अनु शाह सहभागी भए । रेखा र अनुले नीतालाई मेहेन्दी लगाइदिएका थिए । शुक्रबार उनको बिहे हुँदैछ भने आइतबार रिसेप्सन पार्टी आयोजना गरिएको छ । मेहेन्दी समारोहमा नीता प्रिन्टेड लेहेंगामा आकर्षक देखिएकी थिइन् ।

सोमबार बेलुका ब्याचलरेट पार्टी सेलिब्रेट गरेकी उनले मंगलबार पनि आफन्तसँग ब्राइड टु बी पार्टी मनाइन् । चार वर्षदेखि प्रेम सम्बन्धमा रहेको जोडी दाम्पत्य जीवनमा परिणत हुन लागेको हो । मेहेन्दी उत्सवमा अभिनेत्री ढुंगाना निकै प्रफुल्ल मुद्रामा खुशी देखिएकी छन् ।