‘राधा पियारी’ तीज भाकामा छमछमी नाचे प्रियंका र सृष्टि (फोटो फिचर)

‘राधा पियारी’ तीज भाकामा छमछमी नाचे प्रियंका र सृष्टि (फोटो फिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सुवर्ण थापाले निर्देशन गरेको सिनेमा ‘दि सिक्रेट अफ राधा’को तीज गीतको छायांकन बुधबार पशुपति मन्दिर परिसरमा गरिएको छ । राधा पियारी बोलको गीतमा अभिनेत्री प्रियंका कार्की र सृष्टि श्रेष्ठले नृत्य गरेकका छन् ।

 

कालीप्रसाद बाँस्कोटाले संगीत गरेको तीज भाकाको गीतमा कविराज गहतराजले कोरियोग्राफी र सञ्जय लामाले छांयाकनको जिम्मेवारी सम्हालेका छन् । पहिलो पटक तीज गीतको छायांकन गरिरहदा निकै मज्जा लागि रहेको निर्देशक सुवर्ण थापा र छायांकार लामाले बताए । हामी दुवै जनाले पहिलो पटक यसरी ४ दर्जन बढि कोरस राखेर तीज गीतमा काम गरेका रमाइलो महशुस गरेको सुनाए ।

सिनेमाले एकल आमाको कथा भन्छ । ‘द सिक्रेट अफ राधा’लाई अभिनेता सौगात मल्लसँग मिलेर निर्देशक थापाले निर्माण गरेका हुन् । आगामी भदौ १० गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमामा सृष्टिका अलावा सौगात मल्ल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, राजन खतिवडा, लोकेन्द्र लेखक, दयाहाङ राई, निश्चल बस्नेत, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।

आदियोगी भिजन, महारानी इन्टरटेन्मेन्ट युके, मन्डला अनलाइन र एएमआइ फिल्मस्को प्रस्तुती, मन प्रोडक्सनको एसोसिएनमा निर्माण तथा बिरजना इन्टरटेनमेन्ट अनि बिक्रमदास जोशी सह-निर्माता रहेको सिनेमामा सुवर्ण थापाको कथा, नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत छ ।

‘राधा’ आमाको सम्झनामा निर्माण गरेको निर्देशक थापाले बताउँछन् । सिनेमामा रंगकर्मी सुनिल पोखरेल पनि अतिथि भुमिकामा देखिने छन् ।