न्युड फोटोसुट गरेको भन्दै रणवीर सिंहविरुद्ध उजुरी दर्ता

न्युड फोटोसुट गरेको भन्दै रणवीर सिंहविरुद्ध उजुरी दर्ता

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता रणवीर सिंहले पेपर म्यागजिनका लागि गराएको बोल्ड फोटोसुटको चर्चा अझै सेलाएको छैन । उनको न्युड फोटोसुटले इन्टरनेटमा सुनामी नै ल्याएको थियो । विचित्र फेसन शैलीको कारण परिचित रणवीरको यस्तो फोटोसुटपछि उनका महिला फ्यानले प्रतिक्रिया नजनाइरहन सकेनन् ।

रणबीरका यी तस्वीरले महिलाको संवेदनाको अपमान भएको भन्दै एक गैरसरकारी संस्थाले रणवीरविरुद्ध उजुरी नै दर्ता भएको छ । मुम्बईको चेम्बुर पुलिस स्टेसनमा रणवीरविरुद्ध उजुरी दर्ता भएको एएनआई न्युज एजेन्सीले जनाएको छ । उजुरीकर्ताले ‘बाजीराव मस्तानी’ अभिनेतालाई भारतीय दण्ड संहिताअनुसार फोटोसुट गराएकाले प्रविधि ऐन अन्तर्गत मुद्दा चलाउनुपर्ने माग गरेका छन् ।

महिलाको भावनामा चोट र्पुयाएकोदेखि उनीहरुको शिष्टताको पनि अपमान गरेको उजुरीमा उल्लेख छ । तर चेम्बर पुलिसले चाहिं अहिलेसम्म अभिनेताविरुद्ध एफआईआर दर्ता नगरेको जनाएको छ । उक्त उजुरी अनुसन्धानको प्रक्रियामा रहेको प्रहरीले बताएको छ । ‘हामीले आइतबार एक एनजीओसँग आबद्ध एक व्यक्तिबाट आवेदन पाएका छौं । अहिलेसम्म कुनै एफआईआर दर्ता भएको छैन । हामीले सोधपुछ गरिरहेका छौं,’ प्रहरीले भन्यो ।

सार्वजनिक तस्वीरमा रणवीरले टर्किस कार्पेटमा नग्न पोजहरु दिएको देख्न सकिन्छ । ती तस्वीर रणवीरको आधिकारिक इन्स्टाग्राम ह्यान्डलबाट पनि सेयर गरिएको थियो । तर उनका फ्यान र भारतीय सिनेमाकर्मीले रणवीरका यी तस्वीरलाई समर्थन गरेका छन् । रणवीर अभिनित सिनेमा सर्कस र रकी और रानीको प्रेम कहानी प्रदर्शनको तयारीमा छन् ।