प्रदिपको ‘प्रकाश’ हेर्न एक्ससाइटेड सुरक्षा

प्रदिपको ‘प्रकाश’ हेर्न एक्ससाइटेड सुरक्षा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री सुरक्षा पन्त आगामी भाद्र १० गतेबाट प्रदर्शन आउने सिनेमा ‘प्रकाश’को सपोर्टमा उभिएकी छिन । अभिनेत्री पन्तले अभिनेता प्रदिप खड्कासँग लामो कुराकानी गर्दै उनको अभिनय यात्रा र ‘प्रकाश’का बारेमा बिभिन्न विषय खोतलेकी छिन । खासगरि आफुमा सिनेमा ‘प्रकाश’को फष्ट इम्प्रेसन नै गुड परेकोले पनि आफु प्रदिपसँग कुरा गर्न इच्छुक भएको उनले बताइन ।

‘प्रकाश’ जस्तो सिनेमा निर्माण हुँदा आफुलाई जहिले सपोर्ट गर्न मन लाग्ने गरेको भन्दै उनले नेपालमा राम्रो सिनेमा कमै मात्र बन्ने बताइन् । उनले प्रदिप खड्कालाई स्टारको ट्याग दिदै हरेक ब्यक्तिको मुटुमा बसेको मान्छेले फरक जनरामा काम गरेको भन्दै तारिफ समेत गरेकी छिन । पोष्टर, गीत, टिजर, ट्रेलर हेर्दा सिनेमाको आउटपुट उत्कृष्ट लागेको भन्दै उनले दर्शकले प्रदिपको प्रकाश आँखा चिम्लेरै हेर्न आउने बिश्वास व्यक्त गरिन् ।

एक्टरलाई बुष्ट गर्ने कल्चरको बिकास गर्नका लागि पनि प्रदिपसँग कुराकानी गरेको बताउने सुरक्षाले प्रदिपसँग स्टार भइसकेको ब्यक्तिका लागि फरक जनरा ट्राइ गर्नु कत्तिको जरुरी थियो भन्ने प्रश्न गरेकी छिन । सुरक्षाको जिज्ञासामा लामो प्रतिक्रिया दिदै प्रदिपले ‘प्रकाश’को यात्राबारे खुलेर बोलेका छन् ।

आफुले विगतमा गरिरहेका सिनेमा पनि आर्टको फर्मनै रहेको बुझेका प्रदिप एउटा जीवन्त सिनेमा भने दिन इच्छा थियो । आफुले अहिले नै गरिरहेका जस्तै सिनेमा गर्ने हो भने ५-१० वर्ष पछि सिनेमामा अभिनय गर्न छोडेपछि आफु हराउने उनलाई थाहा थियो । लभ, रोमान्स, लार्जनदेन लाइफका सिनेमाको पनि आफ्नै खालको इम्प्याक्ट रहने तर, समाजलाई इम्प्याक्ट पार्ने खालका सिनेमाले पात्रलाई पनि जीवन्त राख्ने उनलाई थाहा थियो ।

एउटा कलाकारलाई सम्झदा उसका यस्तै खाले कन्टेनबेसका सिनेमाबाट सम्झने कुरा उनले बुझेका थिए । त्यही समय सिनेमा ‘प्रकाश’को आइडिया सुने । वानलाइन स्टोरी सुन्दैमा उनलाई यो पात्रमा आफुले काम गर्नु पर्छ भन्ने भयो । आफु पास फेलसँग सरोकार नराख्ने बताएका प्रदिप प्रकाशको पात्र भने पास हुनुपर्छ भन्नेमा थिए । आइडिया मन परेर चलचित्र खेल्न राजि भएका प्रदिप यसको पूर्ण स्कृप्ट सुन्दा भने आफुले उक्त पात्रमा काम गर्न सक्दिन कि भन्नेमा पुगे । चलचित्रको स्कृप्ट राम्रो लाग्यो, निर्देशकको इन्पुट र भिजन पनि राम्रो छ त्यसमाथी निर्माताको पनि करोडौं लगानी हुँदैछ र यि सबै कुराहरु प्रदिप मार्फत पर्दामा उतारिदै छ ।

यही कुराले उनलाई डर लाग्यो । उनले आफु फेल हुँदा फरक नपर्ने तर आफ्ना कारण लेखक, निर्देशक, निर्माता लगायत सम्पूर्ण टिमको इफोर्ट नै डुब्यो भने त्यसले फरक पर्ने महशुस गरे । अनि निर्देशकसँग आफुले उक्त पात्रमा काम गर्न सक्दिन होला भन्ने कुरा राखे । तर, निर्देशक दिनेश राउतले उनीमाथी भरोसा राखे ।

दिनेशले नै प्रदिपका लागि अभिनयको कक्षा लिन सुझाए । अनुप बरालसँग अभिनय सिक्ने बताबरण मिलाइदिए । प्रदिपले पनि मेहनत गर्दै गए । पोखरामा गएर अभिनय सिकेका प्रदिपले काठमाडौंमा सिनेमाको वर्कसप गरे, प्रशिक्षक नै राखेर जुम्लेली भाषा सिके अनि जुम्ला पुगेर स्थानिय, रहनसहन, रितिरिवाज, लवज, शैली सबैकुरा सिके । जसको नतिजा भाद्र १० गते पर्दामा देखिने छ । प्रदिपले यति बताइरहदा सुरक्षाले आफु सिनेमा हेर्न थप एक्ससाइडेट भएको बताइन ।

दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको चलचित्रलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।

बिकास सुबेदीको लेखन रहेको चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ ।