anmol jasita

विकास बोर्ड पुगेर भुवन केसीले गरे अध्यक्षको पदभार ग्रहण

विकास बोर्ड पुगेर भुवन केसीले गरे अध्यक्षको पदभार ग्रहण

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता भुवन केसी मंगलबार चलचित्र विकास बोर्ड अध्यक्षमा नियुक्त भएका थिए । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । बुधबार विहान १० बजे विकास बोर्डको कार्यलय पुगेर पदभार ग्रहण गरेका छन् । भुवनलाई चलचित्र विकास बोर्डका कर्मचारीले स्वागत गरेका थिए ।

पदभार ग्रहण गर्दै अध्यक्ष केसीले चाडै नै दर्शक, सिनेमाकर्मीलाई भेला गरेर सबैको समस्या सुन्ने र त्यसलाई लागू गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले, नेपाली कला क्षेत्रको सम्मान नेपाल सरकारले गरेको भन्दै आफूले सिनेमा क्षेत्रको विकास र विस्तारका लागि काम गर्ने बताए ।

यस्तै, अभिनेता केसीले आफूले ४ दशक सिनेमा क्षेत्रमा बिताएको भन्दै यही क्षेत्रकै लागि शहिद हुन पनि आफू तयार हुने प्रतिबद्धता व्यक्त गरेका छन् । अभिनेता केसीले केही व्याक्तिले विवादित मानिसलाई बोर्ड अध्यक्ष बनाएको भन्ने टिप्पणीलाई गलत बताए छन् । आफु माथि ककेही मानिस गलत आरोप लगाएर चरित्र हत्या गर्न खोजे पनि त्यस्ता कुराले आफुलाई असर नगर्ने उनकाके भनाई छ ।

आगामी २ बर्षे कार्यकालको लागि विकास बोर्ड प्रवेश गरेका भुवनले आफूबाट सिनेमा क्षेत्र र सिनेमाकर्मीले ठूलो आशा राखेका कारण पनि आफूलाई असफल हुने अधिकार नभएको बताएका छन् ।