छोरीको पिता बने गायक तथा अभिनेता प्रशान्त तामाङ

छोरीको पिता बने गायक तथा अभिनेता प्रशान्त तामाङ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गायक तथा अभिनेता प्रशान्त तामाङ छोरीको पिता बनेका छन् । उनकी श्रीमती मार्था एली तामाङले बुधवार विहान दार्जिलिङको एक अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । प्रशान्तले छोरीका तस्विर सामाजिक सञ्जालमा सेयर गर्दै आफू पिता बनेको खुशी व्यक्त गरेका छन् । उनले छोरीको नाम ‘आरिया’ राखेको पनि जानकारी दिएका छन् ।

प्रशान्त र मार्थाले तीन वर्षअघि प्रेम विवाह गरेका थिए । मार्था पेशाले एयर होस्टेस हुन् । पछिल्लो समय प्रशान्त परिवारसँग दार्जिलिङमा नै बस्दै आएका छन् । एक समय गायन र सिनेमा अभिनयमा सर्वाधिक व्यस्त रहेका उनी अभिनित सिनेमा ‘परदेशी २’ आगामी असोज १४ गतेबाट प्रदर्शनमा आउँदैछ । सिनेमाको प्रचारका लागि उनी दशैंअघि नेपाल आउने तयारीमा छन् ।

प्रशान्तलाई गत वर्ष मातृशोक परेको थियो । कोरोनाका कारण उनको आमाको उपचारको क्रममा निधन भएको थियो । ‘इन्डियन आइडल ३’को विजेता भएपछि उनले ‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘निशानी’, ‘अंगालो यो मायाको’, ‘किन मायामा’, ‘धड्कन भित्र’ लगायतका सिनेमामा अभिनय गरेका छन् ।