रोमानियामा आँचल र विवेकको ‘वर एण्ड वधु’ छायांकन (फोटो सहित)

रोमानियामा आँचल र विवेकको ‘वर एण्ड वधु’ छायांकन (फोटो सहित)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री आँचल शर्मा विगत केही हप्तादेखि रोमानियामा छिन् । रोमानियामा सिनेमा ‘वर एन्ड वधु’को छायांकनका लागि रहेकी आँचल त्यहाँको राष्ट्रिय टेलिभिजनमा समेत चर्चामा छिन् ।

टेलिभिजनमा सिनेमाको छायांकनको रिपोर्ट प्रसारण गरिएको थियो । साथै, सिनेमाको टिमसँगै आँचलले रोमानिया टीभीमा अन्तर्वार्तासमेत दिएकी थिइन् । यसैबीच, सिनेमाको रोमानिया छायांकन सकिन केही दिन मात्र बाँकी रहेको समयमा निर्माणपक्षले केही तस्बिर सार्वजनिक गरेको छ । जहाँ, आँचल र डेव्यु अभिनेता विवेक कर्माचार्य रोमान्टिक देखिएका छन् ।

सिनेमाका निर्देशक मिलन चाम्सले ३ दिनमा रोमानिया छायांकन सकिने र बाँकी छायांकन नेपालमा गरिने बताए । रोमान्टिक कमेडी कथामा निर्माण भैरहेको सिनेमालाई एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा तयार पारिएको हो । सिनेमाका कार्यकारी निर्माता डाक्टर अमित रिजाल हुन् ।

प्रद्धीप भारद्धाजको कथा, पटकथा तथा संवाद लेखन रहेको सिनेमाको रोमानियामा छायांकन उत्कृष्ट तरिकाले गरिएको र दर्शकले फरक स्वादको कथा हेर्न पाउने दाबी निर्देशक चाम्सले गरेका छन् । सुदिप बरालको छायांकन रहेको सिनेमाको प्रदर्शन मिति भने तय गरिएको छैन ।