साउन २० गतेबाट पुन: प्रदर्शनमा आउँदै ‘चपली हाईट ३’

साउन २० गतेबाट पुन: प्रदर्शनमा आउँदै ‘चपली हाईट ३’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अर्जुन कुमारको लगानी रहेको सिनेमा ‘चपली हाईट ३’ पुन: प्रदर्शन गरिने भएको छ । निर्माता अर्जुन बिहिबार एक विज्ञप्ती र पोस्टर सार्वजनिक सिनेमा पुन: प्रदर्शन गर्न लागेको जानकारी दिए । सिनेमा पहिलो पटक गत बर्षको पौष ३० गतेबाट प्रदर्शनमा आएको थियो ।

सिनेमा प्रदर्शनमा आएकको तेस्रो दिनमा नै कोरोना महामारीका कारण सिनेमा हल बन्द भएपछि सिनेमाको प्रदर्शन रोकियो । फागुन १ गतेबाट सिनेमा हल सञ्चालनमा आएसँगै सिनेमा दोस्रो पटक हलमा रिलिज गरिएको थियो । तर, त्यो बेला कोरोनाका कारण हलमा दर्शक फर्किन वातावरण नभएकाले दर्शकको साथ पाउन सकेको थिएन् ।

अहिले हलमा दर्शक फर्केको र सिनेमा धेरै दर्शकले हेर्न छुटाएकाले पनि पुन: पर्दशन गर्नु परेको निर्माता अर्जुन कुमारले बताए । सिनेमा पुन: प्रर्दशन गर्न दर्शकले माग गरेकाले आफ्नो टिमले सिनेमा रिलिज गर्ने निर्णय गरेको उनको भनाई छ । दर्शक सिनेमा हेर्न हलसम्म आउने विश्वास निर्माण टिमलाई छ । ‘चपली हाईट ३’ आगामी साउन २० गतेबाट तेस्रो पटक प्रदर्शन हुँदैछ ।

निकेश खड्काको निर्देशन रहेको सिनेमामा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट कँडेल, आमिर गौतम, महेश त्रिपाठी, प्रतीकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुस्मा निरौलाको अभिनय छ । बुद्धिमान श्रेष्ठ पनि निर्माता रहेको सिनेमा सस्पेन्स थ्रिलर जनरामा निर्माण गरिएको छ ।