शुक्रवारबाट प्रदर्शनमा आयो खगेन्द्र निर्देशित ‘पानीफोटो’

शुक्रवारबाट प्रदर्शनमा आयो खगेन्द्र निर्देशित ‘पानीफोटो’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता खगेन्द्र लामिछाने निर्देशित सिनेमा ‘पानीफोटो’ले शुक्रवारबाट प्रदर्शनमा आएको छ । माओवादी जनयुद्धको पृष्ठभूमिमा निर्माण भएको सिनेमाले बेपत्ता छोराको खोजीमा रहेको एक दाम्पतीको कथा वाचन गर्छ । मल्टीप्लेक्समा राम्रो शो पाएको सिनेमाले सिंगल थिएटर भने पर्याप्त मात्रामा मिलेको छ ।

मल्टीप्लेक्समा बुधवारबाट खोलिएको सिनेमाको एडभान्स बुकिङ उत्साहजनक छैन् । त्यसो त, नेपाली सिनेमाको टिकट काउन्टरबाटै बढी बिक्री हुने गर्छ । खगेन्द्रले लेखन र अभिनयबाट कमाएको विश्वासले दर्शकलाई हलसम्म तान्ने विश्वास निर्माण टिमलाई रहेको छ । उनले पहिलो पटक सिनेमा निर्देशन गरेकाले ‘पानीफोटो’प्रति अपेक्षा उच्च छ ।

मल्टीप्लेक्समा दुई हिन्दी सिनेमा ‘एक भिलेन रिर्टन्स’ र ‘विक्रान्त रोना’ पनि शुक्रवारबाट प्रदर्शनमा आएकाले ‘पानीफोटो’लाई चुनौती देखिएको छ । बक्सअफिसमा राम्रो ब्यापार गर्न सिनेमाको ‘वर्ड अफ माउथ’ बलियो हुनु पर्नेछ । एडभान्स बुकिङको नतिजा हेर्दा सिनेमाको इनिसियल व्यापार औषत हुने देखिन्छ । तथापि, माउथ पब्लिसिटी बलियो हुन सके बक्सअफिसमा सिनेमा लामो समय चल्न सक्नेछ ।

सिनेमामा खगेन्द्रका अलावा अनुप बराल, मेनुका प्रधान, मलिका महत, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, राधा श्रेष्ठ, कमलमणि नेपाल, अशान्त शर्मा, अजस्र ढुङ्गाना, कमल देवकोटा, पुष्पा यादव, सुलक्क्षण भारती, टिकाभक्त जिरेल, अनोज पाण्डे, अनिल पाण्डे, अर्जुन पौडेल, नवराज गिरीलगायतको अभिनय छ । सिनेमाको निर्मातामा रोजिना सिटौला र रविन्द्र बज्राचार्य छन् ।

‘पानीफोटो’मा दीपक बज्राचार्यको छायांकन, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको आर्ट डिरेक्सन, अर्जुन कार्कीको स्थलगत सम्पादन र पुष्पा संगमको पाश्र्व संगीत छ । सिनेमाको कथा लेखन खगेन्द्र स्वयंको हो । डेढ दशक अगाडि गुरुकुलमा मञ्चन गरिएको नाटक ‘पानीफोटो’लाई खगेन्द्रले सिनेमाको रुपमा ढालेका हुन् ।