‘प्रकाश’ले दर्शकको विश्वासलाई अझ बलियो बनाउँछ : प्रदीप खड्का

‘प्रकाश’ले दर्शकको विश्वासलाई अझ बलियो बनाउँछ : प्रदीप खड्का

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी भाद्र १० गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा हो प्रकाश । हाल सिनेमाको प्रचारमा निर्माण टिम जोडतोडका साथ लागि परेको छ । बिहिबार पोखरामा पत्रकार सम्मेलनमा अभिनेत्री दिया मास्केले सिनेमा ‘प्रकाश’मा आफुले निभाएको सिताको भूमिकालाई विश्वसनिय बनाउन जुम्लाको माटोसँग खेलेको बताएकी छिन । दियाले सिनेमाको छायाँकन हुनु १५ दिन अघि नै आफु जुम्ला पुगेर त्यहाँको रहन सहन, परिवेश र लवजसँग नजिक हुने कोशिस गरेको जनाइन ।

‘प्रकाश’को क्यारेक्टरलाई न्याय दिन दियाले गरेकको मेहनत स्मरण समेत गरिन । जुम्लाको माटोसँग खलेरै आफुले हात खुट्टा अनि ओठ फुटाइन् । उक्त अबधीमा आफुले लुगाले छेकिने भागमात्र नुहाएको भन्दै हात खुट्टमा पानी समेत नपारेको उनको भनाई छ । आफुले आफ्नो पात्रलाई जति न्याय गर्न सक्यो त्यति नै दर्शकमाथी न्याय हुने भन्दै उनले कडा साधना जरुरी भएको पनि बताइन् ।

यता अभिनेता प्रदिप खड्काले ‘प्रकाश’का लागि आफु पोखरामै आएर अभिनय सिकेको स्मरण गरे । सिनेमाका लेखकले वान लाइन स्टोरी सुनाउँदा नै आफु एक्साइटेड भएको प्रदिपको भनाई छ । त्यही उत्साहले आफुलाई अभिनयको कक्षा सम्म पुर्याएको भन्दै प्रदिपले आफुलाई विश्वास गर्ने निर्माता निर्देशक प्रति आभार व्यक्त गरे । आफुमाथी निर्देशकले भरोसा राखेर प्रकाश बनाएको भन्दै उनले दर्शकले आफु प्रति राखेको विश्वासलाई सिनेमाले थप बलियो बनाउने बताए ।

सिनेमाका लेखक विकास सुबेदीले आज देशमा बर्गिय बिभेदको खाड्ल सबैभन्दा ठुलो समस्या रहेको भन्दै सिनेमाको विषय पनि यसैमा केन्द्रित रहेका बताए । सिनेमा साहित्यको उच्चतम माध्यम भएको भन्दै उनले ‘प्रकाश’ले बर्गिय बिभेदबारे चेतना जागृत गराउने पनि विश्वास राखे ।

कतिपयले सिनेमालाई जुम्लाको कथा भनिरहदा बिकासले भने प्रकाश देशका हरेक युवाको कथा भएको बताए । जुम्लाको परिवेशमा छायाँकन गरेर प्रतिनिधी पात्रका रुपमा त्यहाँको युवकमार्फत कथा भनिए पनि देशका सबै युवाले भोगेको समस्या नै, प्रकाशको कथा भएको उनको कथन छ ।

प्रचारमा भन्दा काममा बढी विश्वास राख्ने निर्देशक दिनेश राउतले अहिले सम्म सार्वजनिक भएका सामग्रीले पनि धेरैकुरा बोलेको बताए । उनले आफुलाई यसका लेखकले सिनेमाको कथा सुनाउँदा यस्तो विषय सबैले थाहा पाउनु पर्छ भन्ने भएर नै सिनेमाका माध्यमबाट भन्ने कोसिस गरेको बताए ।

दिनेश राउतको निर्देशन रहेको सिनेमामा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ । सिनेमाले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा भनेको छ । मुख्य पात्रका माध्यमबाट बर्गिय विभेदको कुरा पनि उठाइएको छ ।

बिकास सुबेदीको लेखन रहेको सिनेमामा राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको सिनेमालाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।