माघ २० मा ‘हिँड्दा हिँड्दै’, रोमान्टिक अवतारमा आकाश र रेखा

माघ २० मा ‘हिँड्दा हिँड्दै’, रोमान्टिक अवतारमा आकाश र रेखा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मिलन आले मगर निर्देशित सिनेमा ‘हिँड्दा हिँड्दै’को प्रदर्शन मिति घोषणा गर्दै सोमवार फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । आगामी माघ २० गतेलाई प्रदर्शन मिति तोकिएको सिनेमाको पोस्टरमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री रेखा शाह रोमान्टिक अवतारमा प्रस्तुत छन् । सिनेमाले प्रेमकथा बोल्ने पोस्टरबाट अनुमान लगाउन सकिन्छ ।

नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको ब्यानरमा विमल श्रेष्ठ प्रस्तुतकर्ता रहेको सिनेमामा सलोन बस्नेत, सानीया खान, विमल श्रेष्ठ, विशाल श्रेष्ठ, विकास थापा मगर, ममता पौडेल र बालकलाकार अर्विन थिङ्गले पनि अभिनय गरेका छन् । राजकुमार थिङ निर्माता रहेको सिनेमाको सह-निर्मातामा केबी सुब्बा, प्रमोद कुमार तामाङ र महादेव साह छन् । सिनेमाको कथा सुशील पंगेनीले लेखेका हुन् ।

लीलामान तण्डुकारले खिचेको सिनेमाका गीतमा तारा प्रकाश लिम्बू र किरण माइकल घिमिरेको संगीत, कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन र नवीन निरौलाको सम्पादन छ । ‘आरआर फिल्मस्’ले वितरण गर्ने सिनेमाको हाल पोष्ट प्रोडक्सनको काम भइरहेको छ ।