‘माईकल अधिकारी’ पुर्ण प्याकेज सिनेमा हो : सौगात मल्ल

‘माईकल अधिकारी’ पुर्ण प्याकेज सिनेमा हो : सौगात मल्ल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी भाद्र ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा हो ‘माईकल अधिकारी’ । सिनेमा हाल धमाधम प्रचार प्रसारको काम भैरहेको छ । सिनेमाका मुख्य कलाकार अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठलाई लिएर निर्माण टिम दौडी रहेको छ ।

अभिनेता मल्ल ‘माईकल अधिकारी’भन्दा एक हप्ता पछि प्रदर्शनमा आउने आफैले निर्माण गरेको सिनेमा राधाको पनि सँगै प्रचार गरिरहेका छन् । बुधबार ‘माईकल अधिकारी’ टिमले राजधानीको एक रेष्टुरेन्टमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो । पत्रकारसँग गफिदै अभिनेता सौगात मल्लले ‘माईकल अधिकारी’ पुर्ण प्याकेज सिनेमा रहेको बताए ।

सिनेमाको ट्रेलर सार्वजनिक भएपछि धेरैले बलिउड सिनेमा ‘मिमी’को कपी भनेपनि त्यो भन्दा पहिले नै ‘माईकल अधिकारी’ निर्माण भएकाले सेरोगेसीको कथा बाहेक कुनैपनि कुरा सिमिलर नभएको दाबी गरे । आफुले ‘मिमी र माईकल अधिकारी’ दुवै सिनेमा हेरी सकेका कारण पनि कपी भन्न नमिल्ने उनको भनाई छ । अझ ‘मिमी’ भन्दा ‘माईकल अधिकारी’ अझ रमाईलो र मनोरञ्जनात्मक लागेको अनुभव सुनाए ।

अभिनेत्री सृष्टि श्रेष्ठले पनि ‘माईकल अधिकारी’ राम्रो सिनेमा बनेकाले दर्शकलाई हाँस्दा हाँस्दै सोच्न बाध्य बनाउने बताइन् । आफुले यो सिनेमापछि रोमान्टिक लभस्टोरी कथाबाट कन्टेन्ट बेस स्टोरीमा ढाल्न खोेजेको बताउँछिन् । ‘राधा र माईकल अधिकारी’ले आफ्नो करियरलाई नयाँ गन्तव्य तर्फ डोर्याउने विश्वास उनको छ ।

आफुले अभिनय गरेका २ सिनेमा एक हप्ताको फरकमा रिलिज हुने भएकाले प्रचारमा केही सकस भएपनि आफुले दुवै सिनेमालाई उत्तिकै समय र महत्व दिएको बताउँछिन् । रन्जित रौनियार निर्देशित सिनेमाले शहरमा रोजीरोटीका लागि संघर्ष गरिरहेको एक दाम्पतीमा आर्थिक समस्याले उत्पन्न झगडा, पैसाका लागि कोख भाडामा लगाउने महिला आमा बनेपछि बच्चा सुम्पिन तयार नभएपछिको परिस्थितिलाई देखाइएको छ ।

उद्दव पौडेलको प्रस्तुतीमा निरक पौडेल निर्माता रहेको सिनेमामा अशान्त शर्मा, लुनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, दीलिप बोहोरा, केन्द्र भट्टराई, बाल कलाकारहरु आर्या पौडेल र केभिन परियारको अभिनय छ । निर्देशक रन्जितको कथा रहेको सिनेमालाई जिजिए ग्रुपले नेपालभर वितरण गर्दैछ ।

मनोज केसी प्रोडक्सन म्यानेजर रहेको सिनेमामा कमल राई र कविराज गहतराजको कोरियोग्राफी, शम्भुजित बाँस्कोटा र रेभन सिंहको संगीत, शैलेश कँडेल क्षेत्री र दयाराम पाण्डेको शब्द रचना, मित्र डि गुरुङको सम्पादन, राजु विक्रम थापाको छायांकन र शैलेश कँडेल क्षेत्रीको पटकथा तथा संवाद छ ।

तस्वीर : ज्ञानु राई