शुक्रबारबाट हलमा लाग्यो ‘म’, तेस्रो पटक रिलिज भयो ‘चपली हाइट ३’

शुक्रबारबाट हलमा लाग्यो ‘म’, तेस्रो पटक रिलिज भयो ‘चपली हाइट ३’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रवारबाट हलमा २ नेपाली सिनेमा ‘म’ र ‘चपली हाइट ३’ प्रदर्शनमा आएका छन् । ‘चपली हाइट ३’ तेस्रो पटक प्रदर्शन भएको हो । पहिलो प्रदर्शन कोरोनाले विथोलेको थियो भने दोस्रो प्रदर्शनमा दर्शकको राम्रो साथ पाएको थिएन् । अब तेस्रो पटक प्रदर्शनको नतिजा कस्तो आउँछ, केही दिनमा थाहा हुने नै छ ।

‘म’ र ‘चपली हाइट ३’को जनरा एउटै हो, ड्रामा, क्राइम र सस्पेन्स थ्रिलर । मल्टीप्लेक्समा दुवै सिनेमाले औसत शो पाएका छन् । सिंगल थिएटरको संख्या भने ‘म’को पक्षमा धेरै छ । यी २ सिनेमालाई शुक्रवारबाटै प्रदर्शनमा आएको हलिउड सुपरस्टार ब्रान्ड पिट अभिनीत ‘बुलेट ट्रेन’ र साउथ स्टार रवि तेजाको ‘रामा राव अन ड्यूटी’ मल्टीप्लेक्समा केही हदसम्म चुनौती बन्न सक्नेछन् ।

सुवर्ण थापाको निर्देशनमा तयार भएको ‘म’मा सरोज खनाल, संजोग रसाइली, निराजन प्रधान, निशा अधिकारी, पुनम श्रेष्ठ, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ, नरेन खड्कालगायतको अभिनय रहेको छ । प्रकाश पुरीको कथा तथा पटकथा रहेको सिनेमामा तेन्जिङ्ग पाल्देनको छायांकन र बनिश शाहको सम्पादन छ । सिनेमाको निर्मातामा बिमला हुमागाईं र पदम पुरी छन् ।

त्यस्तै, निकेश खड्का निर्देशित ‘चपली हाइट ३’लाई अर्जुन कुमारले निर्माण गरेका हुन् । सिनेमामा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा, तीकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौलालगायतका कलाकारको अभिनय छ । सिनेमाको कथा तथा संवाद आकाश बरालले लेखेका हुन् ।