दयाहाङ, विपिन, प्रियंका लिएर रामबाबुले घोषणा गरे ‘फूलबारी’

दयाहाङ, विपिन, प्रियंका लिएर रामबाबुले घोषणा गरे ‘फूलबारी’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – ब्लकबस्टर सिनेमा ‘कबड्डी ४’का निर्देशक रामबाबु गुरुङ नयाँ सिनेमा निर्माणमा जुटेका छन् ।

बुधबार राजधानीमा एक प्रेसमिट आयोजना गर्दै गुरुङले सिनेमा ‘फूलबारी’को कास्ट एण्ड क्रु सार्वजनिक गरे । अभिभावक र सन्तान बीचको सम्बन्धको कथामा निर्माण हुने सिनेमामा दयाहाङ राई, विपिन कार्की, अरुणा कार्की, प्रियंका कार्कीलगायतको मुख्य भूमिका रहनेछ ।

‘सिनेमामा तपाइँ हामीले भोगिराखेकै पारिवारिक सामाजिक कथा नै पस्किने छौँ ।’ निर्देशक गुरुङले भने । ‘कमेडी सिनेमा बनाउन जानेको थिएँन । कमेडी सिनेमा नै बनेछ । कमेडी फिल्म मेकर भैसकेछु एउटा हिसावले ।’ ठट्टेउली पारामा बोल्दै अब भने सामाजिक कथाबस्तु तर्फ आफुलाई केन्द्रित गरेको गुरुङले बताए ।

उपेन्द्र सुब्बाको पटकथामा विपिन र अरुणाले पाका दम्पतिको भूमिका निर्वाह गर्नेछन । कमल किशोर मलपानीको कथा र कन्सेप्ट रहने सिनेमामा सिर्जना सुब्बा, लोकेन्द्र लेखक, मिरुना मगर, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, साक्षी सिंह भण्डारी, रुजा राउत, रुपेश दाहाल, सुमित्रा गोम्जा, कायरा कार्कीलगायतको पनि अभिनय रहनेछ ।

यशोदा फिल्म्सको व्यानरमा निर्माण हुने सिनेमामा जोस हेरुमको छायांकन, कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत रहनेछ ।

भदौदेखि छायांकन सुरु हुने सिनेमामा मणिराम पोखरेलले कार्यकारी निर्माताको भूमिका निर्वाह गर्नेछन् । मनिष ढकाल सिनेमाका निर्माता हुन् ।

तस्विर: ज्ञानु राई