७ नम्बरमा ‘दुई नम्बरी’ टिजर, दर्शक भन्छन ‘सौगात र दयाहाङको अर्को ब्लकबस्टर’

७ नम्बरमा ‘दुई नम्बरी’ टिजर, दर्शक भन्छन ‘सौगात र दयाहाङको अर्को ब्लकबस्टर’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – दयाहाङ राई र सौगात मल्लको लागि यो वर्ष विशेष रहनेछ । यी दुई सुपरस्टारका थुप्रै सिनेमा रिलिज र छायांकन हुँदा व्यस्तता बढ्दो छ ।

गत जेठमा रिलिज दयाहाङ र सौगात अभिनित ‘कबड्डी ४’ले बक्सअफिसमा उधुम मच्चायो । ‘कबड्डी ४’ रिलिजको झन्डै तीन महिना बित्नै लाग्दा रिलिज भएको ‘दुई नम्बरी’को टिजरले दयाहाङ र सौगात फ्यानबीच उमंग ल्याएको छ ।

दुई दिन अगाडी रिलिज टिजर ट्रेन्डिङको ७औं नम्बरमा उक्लिंदा अधिकांस दर्शकले तारिफका शब्द खर्च गरेका छन् । दर्शकले यो सिनेमापनि ‘कबड्डी ४’ जस्तै ब्लकबस्टर हुने प्रतिक्रिया दिएका छन् ।

‘घामपानी’ र ‘छ माया छपक्कै’ जस्ता सिनेमा निर्देशन गरिसकेका दीपेन्द्र लामाको यो तेस्रो निर्देशकीय प्रोजेक्ट हो । सिनेमामा लेखनपनि लामा कै छ ।

‘दुई नम्बरी’ टिजरलाई दुई दिनको अन्तरालमा ७ लाख भ्युज मिलेको छ । जुन राम्रो नम्बर हो ।

मित्रताको कथा भन्ने सिनेमामा दयाहाङ र सौगातलाई तस्करको रुपमा देख्न सकिन्छ । सिनेमामा उपासना सिंह ठकुरी, उगेन छोदेन, बुद्धि तामाङ, पुस्कर गुरुङ, श्रेयस पौडेल, शारदा गिरीलगायतको अभिनय छ ।

सरोज नेपालीको कार्यकारी निर्माण रहेको सिनेमा असोज २१ देखि सार्वजनिक प्रदर्शनमा आउदैछ । कार्तिक ४ बाट सिनेमा असोज तेस्रो साता सिफ्ट भएको हो ।

सुशन प्रजापतिको छायाँकन रहेको सिनेमामा जयन जे वाइवाको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र निमेष श्रेष्ठको सम्पादन छ ।

रेड बर्ड प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा दीपक मनाङ्गे(राजीव गुरुङ), अमलादेवी राई, जयस श्रेष्ठको लगानी छ ।

किरण नेपालीको प्रस्तुति रहेको सिनेमामा मिठु तामान्ङ्गीको सहनिर्माण छ ।