बलिउड निर्देशक इम्तियाज अलिद्वारा ‘माइकल अधिकारी’ हेर्न आग्रह

बलिउड निर्देशक इम्तियाज अलिद्वारा ‘माइकल अधिकारी’ हेर्न आग्रह

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको सिनेमा ‘माइकल अधिकारी’को प्रचारमा बलिउडका नामी निर्देशक इम्तियाज अलिले सहयोग गरेका छन् ।

‘जब वी मेट’, ‘लभ आजकल’, ‘रकस्टार’, ‘हाइवे’, ‘तमाशा’ जस्ता चर्चित सिनेमा निर्देशन गरेका इम्तियाजले ‘माइकल अधिकारी’लाई सफलताको शुभकामना दिंदै दर्शकलाई हेर्न आग्रह गरेका हुन् ।

‘नमस्ते नेपाल । मेरो नाम इम्तियाज अलि हो । गोपीकृष्ण मुभिजको निर्माण र रञ्‍जित रौनियारको निर्देशनमा बनेको माइकल अधिकारीलाई सफलताको शुभकामना । यो सिनेमा १९ अगस्तमा रिलिज हुँदैछ । कृपया हेरिदिनु होला ।’ उनले भिडियो संदेशमा भनेका छन् ।

प्राप्त खबर अनुसार इम्तियाज र ‘माइकल अधिकारी’का निर्देशक रञ्‍जित रौनियार मिल्ने साथि हुन् । ‘साबधान इन्डिया’, ‘क्राइम पेट्रोल’ जस्ता हिन्दि टेलीसिरियल निर्देशन गरिसकेका रौनियारको ‘माइकल अधिकारी’ डेब्यु नेपाली सिनेमा हो ।

सेरोगेसी (भाडाको कोख)मा आधारित सिनेमामा सौगात र सृष्टिका अलावा अशान्त शर्मा, लुनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, दीलिप बोहोरा, केन्द्र भट्टराई, बाल कलाकारहरु आर्या पौडेल र केभिन परियारलगायतको अभिनय छ ।

मनोज केसी प्रोडक्सन म्यानेजर रहेको सिनेमामा कमल राई/कविराज गहतराजको कोरियोग्राफी, शम्भुजित बाँस्कोटा/रेभन सिंहको संगीत, शैलेश कँडेल क्षेत्री/दयाराम पाण्डेको शब्द रचना, मित्र डि गुरुङको सम्पादन, राजु विक्रम थापाको छायांकन र शैलेश कँडेल क्षेत्रीको पटकथा/संवाद छ ।

उद्धव पौडेलको प्रस्तुति रहेको सिनेमालाई गोपीकृष्ण मुभिजको व्यानरमा निरक पौडेलले निर्माण गरेका हुन् ।

यो सिनेमा भदौ ३ देखि अलनेपाल रिलिज हुँदैछ ।