‘चंगाचेट २’मा विपिन कार्कीको इन्ट्री

‘चंगाचेट २’मा विपिन कार्कीको इन्ट्री

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – दीपेन्द्र के खनालले निर्देशन गर्ने सिनेमा ‘चंगाचेट २’को मुख्य भूमिकामा अभिनेता विपिन कार्की अनुबन्धित भएका छन् ।

बिहिबार निर्देशक खनाल तथा निर्मात्री शर्मिला पाण्डे र विपिनबीच सिनेमा गर्ने कागजी सम्झौता भएको हो ।

डिएस डिजिटलको व्यानरमा निर्माण हुने सिनेमामा यसअघि नै अर्पण थापा मुख्य कलाकारको रुपमा फाइनल भैसकेका थिए ।

मंसीर पहिलो सातादेखि जनकपुरबाट छायांकन सुरु गरिने सिनेमाको मुख्य अभिनेत्री चाँडै नै छनोट गरिने निर्मात्री पाण्डेले बताइन ।

निर्देशक खनाल र अभिनेता विपिनको यो तेस्रो सहकार्य हो । विपिनले यसअघि दीपेन्द्रको निर्देशनमा ‘पशुपति प्रसाद’ र ‘के घर के डेरा’मा अभिनय गरिसकेका छन् ।

तीन करोड बजेटको सिनेमा कमेडी जनरामा निर्माण हुनेछ । सिनेमामा विपिनलाई हास्यरसमा देख्न सकिनेछ ।

चार वर्ष अगाडी रिलिज भएको ‘चंगाचेट’मा प्रियंका कार्की, आयुषमान देशराज जोशी, सुरक्षा पन्त, परमिता राणा, रविन्द्र झा, अर्पण थापालगायतको कलाकारहरुको अभिनय थियो ।

बक्सअफिसमा सफलता हाँसिल गरेको ‘चंगाचेट’लाई निर्देशक खनालले सिक्वेलको रुपमा अगाडी बढाउन लागेका हुन् ।