‘लाल सिंह चड्ढा’ र ‘रक्षाबन्धन’को कमजोर सुरुवात

‘लाल सिंह चड्ढा’ र ‘रक्षाबन्धन’को कमजोर सुरुवात

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – रक्षाबन्धनको अवसर पारेर बिहिबार रिलिज भएका दुई बलिउड सिनेमा ‘लाल सिंह चड्ढा’ र ‘रक्षाबन्धन’ले घरेलु बक्सअफिसमा कमजोर सुरुवात गरेका छन् ।

बलिउड ट्रेडले रक्षाबन्धनको दिनमा दुई सिनेमाले गरेको व्यापारलाई कमजोर भनेका छन् ।

आमिर खान र करीना कपूर स्टारर सिनेमा ‘लाल सिंह चड्ढा’ले पहिलो दिन जम्मा १२ करोड भारु कलेक्सन गर्यो । अक्षय कुमार स्टारर ‘रक्षाबन्धन’ले जम्मा ८.२० करोड कमाउन सफल भयो ।

१ सय ८० करोडको बजेटमा निर्मित ‘लाल सिंह चड्ढा’को पहिलो दिनको कलेक्सनले लगानी रिकभरको बाटो देखाउदैन ।

यसअघि आमिरको ‘ठग्स अफ हिन्दोस्थान’ले ५१ करोडको ओपनिङ गर्दापनि बक्सअफिसमा फ्लप सावित भएको थियो ।

‘लाल सिंह चड्ढा’को पहिलो दिनको व्यापारले आमिरलाई १० वर्ष पछाडी धकेलिदिएको छ । आमिर लिड ‘तलास’ र ‘थ्री इडियट्स’ले क्रमस… १४ र १३ करोडको ओपनिङ गरेका थिए ।

साउथ सिनेमाले सय करोड माथिको ओपनिङ गरिरहेको समयमा ठुला हिन्दि सिनेमाको कलेक्सनले बलिउडलाई स्तब्ध बनाएको छ ।