दशैँ छाडेर महाशिवरात्रीमा पुग्यो ‘परदेशी २’

दशैँ छाडेर महाशिवरात्रीमा पुग्यो ‘परदेशी २’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – नारायण रायमाझी निर्देशित सिनेमा ‘परदेशी २’ अब असोज १४ मा रिलिज नहुने भएको छ । प्राविधिक काम नसकिएको भन्दै निर्माण पक्षले फागुन ५ मा रिलिज सारेको हो ।

‘परदेशी २’ सरेपछि दशैँ विदाको साता खाली भएको छ । फागुन ५ मा रिलिज हुँदा सिनेमाले महाशिवरात्री, प्रजातन्त्र दिवस र ग्याप्लो ल्होसारको विदा खानेछ ।

निर्माता राजेश वंशलले प्राविधिक काम बाँकी रहेका कारण दशैँमा नआउने निधो गरेको बताएका छन् । वितरक, हल संचालक एवं सिनेकर्मीसंगको सल्लाहपछि सिनेमा सार्ने निर्णय गरेको उनले बताए ।

निर्णय अनपेक्षित भएपनि ‘परदेशी २’ सार्दा समग्र सिनेमा क्षेत्रलाई हित हुने भएकाले यस्तो निर्णय लिइएको निर्देशक रायमाझीले बताए ।

वैदेशिक रोजगारीमा आधारित सिनेमामा केकी अधिकारी, प्रकाश सपुत, दीलिप रायमाझी, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, नीर शाह, सुशील पोखरेल, सविन बास्तोला, रमा थपलियालगायतका कलाकारहरुको अभिनय छ ।

रमेश बिजीको कथा रहेको सिनेमामा मानकृष्ण महर्जनको छायांकन, बीबी अनुरागी/नारायण रायमाझीको संगीत, अष्ट महर्जनको एक्सन, रामजी लामिछाने/गोविन्द राई/कुलमान नेपाली/शेखर घर्ति मगरको कोरियोग्राफी र दिर्घ खड्काको सम्पादन छ ।