‘प्रेमगीत ३’ टिजर: प्रदीपलाई राज्य र प्रेमिका मध्ये एक छान्नु पर्ने बाध्यता

‘प्रेमगीत ३’ टिजर: प्रदीपलाई राज्य र प्रेमिका मध्ये एक छान्नु पर्ने बाध्यता

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बहुप्रतिक्षित सिनेमा ‘प्रेमगीत ३’को आधिकारिक टिजर सार्वजनिक भएको छ ।

शनिबार निर्माण पक्षले सिनेमाको नेपाली र हिन्दि टिजर इन्टरनेट रिलिज गरेको हो ।

१ मिनेट २ सेकेण्ड लामो टिजरले मुख्य चरित्र प्रेमलाई चिनाउने प्रयास गरेको छ । गीतसंगको प्रेम-सम्बन्ध वा राजगद्धी प्रेम पात्रले के छनोट गर्लान ? टिजरमा प्रश्न छोडिएको छ । मुख्य भूमिका निर्वाह गरेका प्रदीप खड्कालाई राज्य र प्रेमको लागि लडिरहेको देख्न सकिन्छ ।

हिउँले छपक्कै अन्नपूर्ण संरक्षित क्षेत्र र मनाङ जिल्लाका रमणीय दृश्यले टिजरमा सुगन्ध थपेका छन् ।

नेपाली टिजर:

सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गरेको सिनेमामा प्रदीपसंगै क्रिष्टिना गुरुङको शिर्ष भूमिका छ । क्रिष्टिनाको यो डेब्यु सिनेमा हो ।

स्वर्गीय छेतेन गुरुङ र मनदीप गौतमको लेखन रहेको सिनेमामा कल्याण सिंह/एलिश कार्कीको संगीत, राजेश श्रेष्ठ/पुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसीको एक्सन र बनिश शाहको सम्पादन छ ।

आसुसेन फिल्म्स प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा सन्तोष सेनको निर्माण, चक्र बहादुर चन्द/डम्बर विक्रम सेनको कार्यकारी निर्माण र कुमार शान शाह/ओएसआर डिजिटलको सहनिर्माण छ ।

यो सिनेमा असोज ७ देखि नेपाल र भारतमा एकसाथ् रिलिज हुनेछ ।

हिन्दि टिजर: