दुई साता पछाडी धकेलिंदै दशैँमा पुग्यो ‘बाबरी’

दुई साता पछाडी धकेलिंदै दशैँमा पुग्यो ‘बाबरी’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – धिरज मगर, अदिति बुढाथोकी र धिरज नाडकर अभिनित सिनेमा ‘बाबरी’को रिलिज डेट दुई साता पछाडी धकेलिएको छ ।

निर्माण पक्षले भदौ ३१ को डेट छोड्दै असोज १४ छनोट गरेको हो । असोज १४ मा रिलिज हुँदा सिनेमाले लगातार ८ दिनको सार्वजनिक विदा आत्मसाथ गर्न पाउनेछ ।

सिनेमाका निर्देशक सुरेन्द्र पौडेलले प्राविधिक कार्य नसकिएको र असोज १४ को डेट खालि रहेकाले ‘बाबरी’को प्रदर्शन मिति परिवर्तन गरिएको बताए ।

उनले ‘बाबरी’को लागि दशैँ साता उपयुक्त प्रदर्शन मिति भएको पनि जानकारी गराए । साथै सोमबार नयाँ रिलिज डेटसहित ट्रेलर सार्वजनिक गरिने बताए ।

त्रिकोणात्मक प्रेमकथामा आधारित सिनेमामा धिरज, अदिति र धिरज नाडकरसंगै बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दीलिप गुरुङलगायतका कलाकारहरुको पनि अभिनय छ ।

निर्देशक पौडेलको कथा र सम्पादन रहेको सिनेमामा कालीप्रसाद बाँस्कोटा/सुजन चापागाईं/अनमोल गुरुङको संगीत, नरेन्द्र मैनालीको छायांकन र एञ्जिला खत्री/विक्रम लामाको कोरियोग्राफी छ ।

बाबरी फिल्म्सको व्यानरमा निर्मित सिनेमामा गणेश बुढाथोकी र पुष्पालता बुढाथोकी निर्माता रहेका छन् । भने सुष्मा गुरुङले सहनिर्माताको भूमिका निभाएकी छन् ।