स्क्रिप्टको मागले ‘राधा’ मल्टीस्टारर बन्यो, मनोरंजन र संदेश प्रवाह गर्छ – विक्की जोशी

स्क्रिप्टको मागले ‘राधा’ मल्टीस्टारर बन्यो, मनोरंजन र संदेश प्रवाह गर्छ – विक्की जोशी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – पछिल्लो समय नेपाली सिनेमा क्षेत्रमा विधागत रुपमा सक्रिय सिनेकर्मी हुन्, विक्रम डि जोशी (विक्की) ।

चौथों सिनेमासम्म प्रत्यक्ष रुपमा जोडिदा विक्रमले आफुलाई निर्माता, गीतकार, कथाकार र अभिनेताको रुपमा प्रस्तुत गरिसकेका छन् ।

विशेष गरि उनि निर्माण र अभिनयमा आफुलाई सक्रिय बनाइराखेका छन् । उनि अभिनित पछिल्लो सिनेमा ‘हेल्लो जिन्दगी’ हो । जहाँ विक्रमले लिड रोल निभाएका थिए ।

‘हेल्लो जिन्दगी’ रिलिजको पाँच महिनापछि विक्रम सिनेमा ‘राधा’ लिएर दर्शक माँझ आउदैछन । सृष्टि श्रेष्ठ अभिनित सिनेमाको विक्रम निर्माता मात्र हुन् । सिनेमामा उनको अभिनय हेर्न पाइने छैन ।

भदौ १० मा रिलिज हुने सिनेमाबाट विक्रम आशावादी छन् । ‘हामीले निकै मिहीनेतका साथ ‘राधा’ निर्माण गरेका छौ,’ उनी भन्छन्, ‘दर्शकलाई भरपुर मनोरञ्जनका साथमा केही सकारात्मक सन्देश प्रस्तुत गर्ने जमर्काे स्वरुप ‘राधा’ बनेको हो ।’

आफू यसपाली पर्दामा नदेखिए पनि निर्माताका रुपमा भने उत्तिकै सक्रियतापूर्वक लागीपरेको उनी बताउछन् ।

अहिले चल्तीमा रहेका थुप्रै कलाकारलाई एउटै सिनेमामा समेट्न त्यत्ति सहज नभए तापनि स्क्रिप्टको माग र दर्शकको मनोरञ्जनका लागि राम्रै लगानी र परिश्रम खर्च गरेका निर्माता विक्की ‘राधा’ले दर्शकमाझ राम्रो छाप छोड्नेमा बिश्वस्त छन् ।

‘राधा’ निर्माणमा विक्कीका साथमा अभिनेता सौगात मल्ल, सुवर्ण थापा र बिरञ्जना इन्टरटेन्मेन्टबाट सृजना जोशी महर्जनले ‘टिम अप’ गरेका छन् ।

विक्कीले ‘हेल्लो जिन्दगी’ अगाडी ‘पासवर्ड’ र ‘ह्याप्पी डेज’ सिनेमामा अभिनय गरिसकेका छन् ।

यस नारीप्रधान सिनेमालाई सुवर्ण थापाले निर्देशन गरेका हुन् । सुवर्ण कै लेखन रहेको सिनेमामा सृष्टिसंगै दयाहाङ राई, सौगात मल्ल, निश्चल बस्नेत, खगेन्द्र लामीछाने, बुद्धि तामाङ, मेनुका प्रधान, लोकेन्द्र लेखक, पशुपति राईलगायतका कलाकारहरुको अभिनय छ ।

निकुन श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मको छाँयाकार नरेन्द्र मैनाली हुन् । वेपत्ता श्रीमानको पर्खाइमा रहेकी एक गर्भवती महिलाको कथा भन्ने सिनेमालाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।