‘ऐना झ्यालको पुतली’ ट्रेलर: सहरमा पढ्न चाहने किशोरीको कथा

‘ऐना झ्यालको पुतली’ ट्रेलर: सहरमा पढ्न चाहने किशोरीको कथा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – दक्षिण कोरियाको बुसान फिल्म फेस्टिभलसहित विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा छनोट भएर चर्चा बटुलेको सिनेमा ‘ऐना झ्यालको पुतली’को ट्रेलर सार्वजनिक भएको छ ।

सुजित बिडारी निर्देशित सिनेमाको ट्रेलरमा सहरमा पढ्न चाहने पहाडी गाउँकी एक किशोरीको कथा पस्किएको छ । निर्देशक बिडारीले ऐना झ्यालमा अड्किएको पुतलीसंग तुलना गरेर कथा निर्माण गरेका हुन् ।

‘ऐना झ्यालको पुतली जस्तै गाउँकी युवती जति पटक आफ्नो लक्ष्य तर्फ पुग्न खोज्छिन, तब केहि न केहि अबरोधले उनको सपनालाई रोक्छ । पुतलीले पारदर्शी सिसाबाट बाहिरी संसार देखेपनि उ निस्कन सक्दैन । ठ्याकै सिनेमाको मुख्य पात्रको परिस्थिति पनि त्यस्तै छ ।’ निर्देशक बिडारीले भने ।

दिदि-भाईको सम्बन्धको कथापनि आत्मसाथ् गरेको सिनेमा भदौ २४ देखि सार्वजनिक प्रदर्शनमा आउदैछ ।

सवा करोडको बजेटमा निर्मित सिनेमामा सिरु बिष्ट, कञ्चन चिमरिया, दिनेश खत्री, राज थापा, बिशा चामलिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ ।

सिनेमामा अमर महर्जनको छायांकन, किरण श्रेष्ठको सम्पादन, पुष्पासंगमको संगीत, कला संग्रौलाको प्रडक्सन डिजाइन, किशोर आचार्यको साउन्ड डिजाइन र राजेन्द्र मोक्तानको कलर ग्रेडिङ रहेको छ ।

आइसफल प्रडक्सन र लोकल सिनेमाको संयुक्त ब्यानरमा बनेको सिनेमालाई आकाश पौडेल, प्रविन स्याङ्बो, सुजित बिडारी, रामकृष्ण पोखरेल र सुशान्त श्रेष्ठ मिलेर निर्माण गरेका हुन् ।

यो सिनेमा दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभलसहित बंगलादेशको ढाका इन्टरनेसनल फिल्म फेस्टिभल, चेक रिपब्लिकको जलिन फिल्म फेस्टिभल र अष्ट्रेलियाको एसिया प्यासिफिक स्क्रिन अवार्ड जस्ता विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा छनौट भइसकेको छ ।

बुसानमा सबैभन्दा ठूलो पुरस्कार राशि रहेको ‘न्यू करेन्ट सेक्सन’मा छानिने पहिलो नेपाली सिनेमाको रुपमा इतिहास बनाएको सिनेमाले ढाकामा सुजित बिडारीलाई उत्कृष्ट निर्देशकको अवार्ड विजेता बनाएको थियो ।