‘माइकल अधिकारी’को ‘फापरको रोटी’ रिलिज, यसराज र सुष्माले लगाए ठुम्का

‘माइकल अधिकारी’को ‘फापरको रोटी’ रिलिज, यसराज र सुष्माले लगाए ठुम्का

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – भदौ ३ मा रिलिज हुने सिनेमा ‘माइकल अधिकारी’ कन्टेन्टका कारण चर्चामा छ ।

रञ्‍जित रौनियारले निर्देशन गरेको सिनेमाले पूर्णत सेरोगेसी (भाडाको कोख)को कथा भन्छ । यो कन्टेन्ट नेपाली सिनेमाको लागि नयाँ हो ।

प्रदर्शनमा मिति नजिकिदै गर्दा निर्माण पक्ष प्रचार चुस्त बनाउन लागिपरेको छ ।

यसै बीच सिनेमाको ‘फापरको रोटी’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अभिनेता यसराज गराच र अभिनेत्री सुष्मा कार्कीले कम्मर मर्काएका छन् ।

दयाराम पाण्डेको शब्द सिर्जना रहेको गीतमा शम्भुजित बाँस्कोटाको संगीत छ । गीतमा शम्भुजितसहित रवि ओड र टिका प्रशाईले स्वर दिएका छन् ।

डान्सिङ नम्बरको गीतमा सिनेमाका मुख्य कलाकार सौगात मल्ल, सृष्टि श्रेष्ठ, आशान्त शर्मापनि फिचर्ड छन् ।

गोपीकृष्ण मुभिजको व्यानरमा निर्मित सिनेमामा लुनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, दीलिप बोहोरा, केन्द्र भट्टराई, आर्या पौडेल र केभिन परियारलगायतको पनि अभिनय छ ।

मनोज केसी प्रोडक्सन म्यानेजर रहेको सिनेमामा कमल राई/कविराज गहतराजको कोरियोग्राफी, शम्भुजित बाँस्कोटा/रेभन सिंहको संगीत, शैलेश कँडेल क्षेत्री/दयाराम पाण्डेको शब्द रचना, मित्र डि गुरुङको सम्पादन, राजु विक्रम थापाको छायांकन र शैलेश कँडेल क्षेत्रीको पटकथा/संवाद छ ।

उद्धव पौडेलको प्रस्तुति रहेको सिनेमालाई निरक पौडेलले निर्माण गरेका हुन् ।