फागुनमा आँचल र विवेकको ‘बर एण्ड बधु’

फागुनमा आँचल र विवेकको ‘बर एण्ड बधु’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – आँचल शर्मा र विवेक कर्माचार्य अभिनित सिनेमा ‘बर एण्ड बधु’ फागुन १९ देखि सार्वजनिक प्रदर्शनमा आउने भएको छ ।

रोमानिया छायांकन गरेर नेपाल फिरेलगतै निर्माण पक्षले रिलिज डेट तय गरेको हो । फागुन १९ मा रिलिज हुँदा सिनेमाले होली र नारी दिवसको विदा आत्मसाथ गर्नेछ ।

मिलन चाम्सको निर्देशनमा तयार भैरहेको सिनेमा रोम-कम जनरामा निर्माण भएको हो । सिनेमामा आँचल र विवेक मुख्य भूमिकामा छन् । विवेकको यो डेब्यु सिनेमा हो ।

रिलिज डेटसंगै निर्माण पक्षले केहि स्टिल फोटोपनि सार्वजनिक गरेका छन् । जहाँ आँचल र विवेकलाई रोमान्टिक मूडमा देख्न सकिन्छ ।

सिनेमामा विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, किरण केसी, बुद्धि तामाङ, हिमेश पन्त, रविना केसी, सृष्टि खड्कालगायतका कलाकारहरुको पनि अभिनय छ ।

एलआरके इन्टरटेन्मेन्टको व्यानरमा निर्मित सिनेमामा डा. अमित रिजाल कार्यकारी निर्माताको रुपमा छन् । सिनेमामा जानुका थापाले लगानी गरेकी छन् ।