चितवनमा चम्किए पुष्प र श्रद्धा (फोटोफिचर)

चितवनमा चम्किए पुष्प र श्रद्धा (फोटोफिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – पुष्प खड्का र श्रद्धा क्षेत्री अभिनित सिनेमा ‘कृष्णलीला’ टिमले चितवनको भरतपुरमा भव्य कन्सर्ट सम्पन्न गरेको छ ।

सिजी ल्याण्डमार्क सपिङ सेन्टरमा आयोजित कन्सर्टमा दर्शकको उल्लेख्य सहभागिता रह्यो । दर्शक धेरै हुँदा पुष्प र श्रद्धालाई भिडबाट बचाउन आयोजकलाई हम्मे हम्मे परेको थियो ।

ओएसीस एजुकेशनको प्रस्तुति तथा माइकल चन्दको इभेन्ट निर्देशन रहेको प्रमोशन टुरको कन्सर्टमा अभिनेता पुष्प र अभिनेत्री श्रद्धाले दर्शकहरुलाई सम्बोधन गर्दै ‘कृष्ण लीला’ को ‘अटल बाचा गरें’ र ‘त्यो कथामा एउटा राजा’ गीतमा डान्स गरेका थिए । त्यसैगरी बुद्धि तामाङ र रबिन्द्र झाले दर्शकहरुलाई ‘कृष्ण लीला’ हेर्न आग्रह गर्दै रमाइलो प्रस्तुति दिएका थिए ।

गायक रबि र गायिका सुनीताले ‘अटल बाच गरें’ गाउदा दर्शकहरु निकै हौसिएर ‘वान्स मोर’ भन्दै नारा लगाएका थिए । चितवनबासी दर्शक श्रोताबाट पाएको माया,सम्मान र हौसलाले आफूहरुलाई निकै खुशी लागेको अभिनेता पुष्पले बताए । उनले आफू जहिल्यै चितवन आउदा पनि औधी माया पाइरहेको स्मरण गरे ।

निर्देशक दीपकले दर्शकलाई ‘कृष्ण लीला’ हेरेर प्रतिक्रिया दिन आग्रह गरे भने अभिनेत्री श्रद्धाले प्रदर्शनको हिसावले यो नै आफ्नो पहिलो सिनेमा भएकाले भरपुर माया र साथको अपेक्षा राखेको बताइन् ।

कन्सर्टमा सहभागी हुन् काठमाडौँबाट पुष्प, श्रद्धासहित कलाकार बुद्धि तामाङ, रबिन्द्र झा, निर्देशक दीपक ओली, गायक रबि ओड, गायिका सुनीता कार्की र कोरियोग्राफर माइकल चन्द चितवन पुगेका थिए ।

लक्ष्मण सुवेदीको लेखन रहेको सिनेमामा हिउँवाला गौतम, भावना गुरुङ, नवीन रेग्मी तथा बालकलाकार आयुष गुरागाईँलगायतको पनि अभिनय छ ।

शिव ढकाल र बाबु श्रेष्ठको छायांकन रहेको सिनेमामा अर्जुन पोखरेल/बाबुल गिरीको संगीत, रामजी लामिछाने/माइकल चन्दको कोरियोग्राफी र अर्जुन जिसीको सम्पादन रहेको छ ।

आरआर फिल्म्स प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा रोहित कट्टेलको प्रस्तुति र रत्न श्रेष्ठको कार्यकारी निर्माण रहेको छ ।

प्रकाशराज कार्की र केवल तामाङको निर्माण रहेको सिनेमामा पिताम्बर आचार्य र रोजन श्रेष्ठको सहनिर्माण छ ।

कृष्ण जन्माष्टमीको अवसर पारेर भदौ ३ देखि सार्वजनिक प्रदर्शनमा आउने सिनेमाको मल्टीप्लेक्स तर्फ अग्रिम बुकिङपनि खुल्ला गरिएको छ ।