भिडियो मार्फत सुहानाको ‘भगवत् गीता’ निर्माण घोषणा

भिडियो मार्फत सुहानाको ‘भगवत् गीता’ निर्माण घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – लगातार तीन हिट सिनेमा दिएर ह्याट्रिक निर्देशकको रुपमा आफुलाई उभ्याएकी झरना थापाले सिनेमा ‘भगवत् गीता’ निर्देशनको घोषणा गरेकी छन् ।

एक भिडियो सामाग्री मार्फत औपचारिक निर्माण घोषणा गरिएको सिनेमामा अभिनेत्री सुहाना थापाले मुख्य भूमिका निर्वाह गर्ने छिन ।

२ मिनेट २३ सेकेण्ड लामो भिडियोमा सुहाना मार्फत कथाबस्तुको मर्म महसुस गराउने कोसिस गरिएको छ । जानकी मन्दिरमा खिचिएको भिडियोमा सुहाना परम्परागत भेषभुषामा देखिएकी छन् ।

मन्दिर भित्रबाट खुसिहुँदै दौडिएकी सुहाना बाहिर निस्किन बितिकै भावुक हुन्छिन । उनको आँखाबाट आँसु झर्छन । शीरबाट मयुर प्वाँख भुइँमा झरेसंगै सिनेमाको शिर्षक लेखिन्छ ।

ब्याकग्राउण्डमा बजिरहेको मैथिली झिझिया गीतले दर्शकलाई बाँध्न सफल हुन्छ । झरना र सुहाना कृष्णभक्त भएका कारण आज कृष्ण जन्माष्टमीको सिनेमाको घोषणा गरिएको हो ।

सुहाना इन्टरटेनमेन्टको प्रस्तुति र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण हुने सिनेमाको मुख्य अभिनेता भने फाइनल भएका छैनन् ।

संजय लामाले खिच्ने सिनेमामा प्रवेश मल्लिकको ब्याकग्राउन्ड स्कोर, रामजी लामिछानेको कोरियोग्राफी, काव्या थापाको शृंगार र शाहील खानको सम्पादन रहनेछ ।

सिनेमा २०८० सालको बैशाख १ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउनेछ ।