‘प्रेमगीत ३’को दोस्रो टिजरमा ७ गाउँ बचाउने नायक बने प्रदीप

‘प्रेमगीत ३’को दोस्रो टिजरमा ७ गाउँ बचाउने नायक बने प्रदीप

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – असोज ७ मा रिलिज हुने सिनेमा ‘प्रेमगीत ३’को दोस्रो टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा प्रदीप खड्काले निर्वाह गरेको प्रेम चरित्रलाई स्थापित गरिएको छ ।

५५ सेकेण्ड लामो टिजरमा प्रेमलाई नायकको रुपमा देखाइएको छ । उनि पिडितहरुको आशाको केन्द्र हुन् । जसले ७ गाउँलाई उद्दार गरेको टिजरमा देख्न सकिन्छ । हिउँले छपक्कै अन्नपूर्ण संरक्षित क्षेत्र र मनाङ जिल्लाका रमणीय दृश्यले टिजरमा सुगन्ध थपेका छन् ।

सन्तोष सेन र स्वर्गीय छेतेन गुरुङले निर्देशन गरेको सिनेमाको टिजर हिन्दि भर्सनमा पनि रिलिज गरिएको छ ।

सिनेमामा प्रदीपसंगै क्रिष्टिना गुरुङको शिर्ष भूमिका छ । क्रिष्टिनाको यो डेब्यु सिनेमा हो ।

सिनेमामा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मीलगायतका कलाकारहरुको अभिनय छ ।

स्वर्गीय छेतेन गुरुङ र मनदीप गौतमको लेखन रहेको सिनेमामा कल्याण सिंह/एलिश कार्कीको संगीत, राजेश श्रेष्ठ/पुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसीको एक्सन र बनिश शाहको सम्पादन छ ।

आसुसेन फिल्म्स प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा सन्तोष सेनको निर्माण, चक्र बहादुर चन्द/डम्बर विक्रम सेनको कार्यकारी निर्माण र कुमार शान शाह/ओएसआर डिजिटलको सहनिर्माण छ ।

हिन्दि टिजर:-