anmol jasita

अनमोल स्टारर ‘छड्के २’को चितवनबाट छायांकन सुरु

अनमोल स्टारर ‘छड्के २’को चितवनबाट छायांकन सुरु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अनमोल केसी स्टारर सिनेमा ‘छड्के २’को शुक्रबार चितवनमा शुभमुहुर्त गरिएको छ । मुहुर्तसंगै सिनेमाको छायांकनपनि सुरु भएको छ ।

कृष्ण जन्माष्टमीको अवसर पारेर सिनेमाको छायांकन सुरु गरिएको हो । अनमोलसहितको निर्माण पक्ष केहि दिनदेखि चितवनमै वर्कसप गरिरहेको थियो ।

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बन्ने सिनेमामा अनमोलसंगै रोविन तामाङ, कमलमणि नेपालको मुख्य भूमिकामा छन् । अन्य कलाकार भने निर्माण पक्षले सार्वजनिक गरेको छैन ।

छायांकन सेटबाट बाहिरिएको तस्विरमा अनमोल जाडोको लुगामा देखिएका छन् । जबकी चितवनमा अहिले प्रचण्ड गर्मि छ । हरियो ज्याकेटमा अनमोलले कालो गलबन्दी बाँधेका छन् । अर्का कलाकार कमलमणिलाई सेतो पहिरणमा देख्न सकिन्छ ।

काभ्रे फिल्म्सको व्यानरमा निर्माण हुने सिनेमासंग मेधा फिल्म्स र निर्वाण फिल्म स्कुलले सहकार्य गरेका छन् । सिनेमाको निर्मातामा प्रशान्त गिरी र लक्ष्मण काफ्ले रहेका छन् ।

६० दिनको छायांकन सेड्युल निकालिएको सिनेमा चितवन र मुस्ताङमा खिचिनेछ । छायांकनको क्रममा बिस्तारै सिनेमा सम्बन्धि जानकारी सार्वजनिक गरिरहने निर्देशक श्रेष्ठले बताए ।