चिरन्जीवी र सलमान अभिनित ‘गडफादर’को टिजर रिलिज

चिरन्जीवी र सलमान अभिनित ‘गडफादर’को टिजर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड सुपरस्टार सलमान खान र दक्षिण भारतीय मेगास्टार चिरन्जीवीको अभिनित सिनेमा ‘गडफादर’को टिजर सार्वजनिक भएको छ ।

डेढ मिनेट लामो टिजरमा शिर्ष चरित्रलाई स्थापित गरिएको छ । शिर्ष चरित्रमा चिरन्जीवी छन् । उनलाई सलमानको साथ् छ ।

मोहन राजा निर्देशित पोलिटिकल एक्सन सिनेमा २०१९ मा रिलिज भएको मलायलम सिनेमा ‘लुसिफर’को रिमेक हो ।

सलमानको यो तेलुगु डेब्यु सिनेमासमेत हो । सिनेमामा चिरन्जीवी र सलमानका अलावा नयनतारा, पुरी जगन्नाध, सत्यदेव कन्चारानाको मुख्य भूमिका छ ।

यो सिनेमा अक्टुबर ५ अर्थात् असोज १९ (विजया दशमी)को दिन रिलिज हुँदैछ ।