‘प्रेमगीत ३’को हिन्दि जुकबक्स रिलिज, राहत फतेहदेखि जुविनसम्मको स्वर

‘प्रेमगीत ३’को हिन्दि जुकबक्स रिलिज, राहत फतेहदेखि जुविनसम्मको स्वर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – प्रदीप खड्का स्टारर सिनेमा ‘प्रेमगीत ३’को हिन्दि भर्सन अडियो जुकबक्स रिलिज भएको छ ।

८ करोड बढी सब्सक्राइब रहेको ‘जी म्युजिक कम्पनि’ले यसको हिन्दि जुकबक्स रिलिज गरेको हो ।

‘प्रेमगीत ३’ हिन्दि एल्बममा ४ गीत समावेश छन् । ‘कोइ ना कोइ नाता हे’ बोलको गीतमा जुविन नौटियालको स्वर सुन्न सकिन्छ । यो गीतमा पवनदीप राजनको संगीत र सुवाष कालेको शब्द रचना छ ।

यस्तै ‘जहाँ भी जाओ आइ सनम बस तु हि तु’ बोलमा राहत फतेह अलि खानको स्वर छ । यो गीतमा हरि शंकर सुफीको शब्द रचना र देवराजको संगीत छ ।

तेस्रो गीत ‘तुम प्यार हो’मा पलक मुछाल र अंकित तिवारीले स्वर दिएका छन् । कुमारको शब्द रचना रहेको गीतमा असलम केईको संगीत छ ।

चौथों गीत ‘मुझ मे बस जाना’मा कल्याण सिंहको संगीत, ए.एम. तुराजको शब्द रचना र पलक मुछाल/देव नेगीको स्वर छ ।

असोज ७ देखि विश्वव्यापी रिलिज हुन् लागेको पिरियड प्रेमकथामा प्रदीपसंगै क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मीलगायतका कलाकारहरुको अभिनय छ ।

सन्तोष सेन र स्वर्गीय छेतेन गुरुङले निर्देशन गरेको सिनेमाको अर्जिनल भर्सनमा कल्याण सिंह/एलिश कार्कीको संगीत, राजेश श्रेष्ठ/पुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसीको एक्सन र बनिश शाहको सम्पादन छ ।

आसुसेन फिल्म्स प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा सन्तोष सेनको निर्माण, चक्र बहादुर चन्द/डम्बर विक्रम सेनको कार्यकारी निर्माण र कुमार शान शाह/ओएसआर डिजिटलको सहनिर्माण छ ।