युएई, बहराइनलगायतका देशमा ‘प्रकाश’को बुकिङ खुल्यो, अस्ट्रेलिया सोल्ड आउट

युएई, बहराइनलगायतका देशमा ‘प्रकाश’को बुकिङ खुल्यो, अस्ट्रेलिया सोल्ड आउट

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – भदौ १० देखि विश्वव्यापी प्रदर्शनमा आउन लागेको सिनेमा ‘प्रकाश’लाई विदेशमा राम्रो शो प्राप्त भएको छ ।

रिलिज निजिकिएसंगै युएई, ओमान, बहराइन, कतारलगायतका देशमा अग्रिम बुकिङ खुल्ला गरिएको हो ।

प्रदीप खड्का स्टारर सिनेमालाई नोभो सिनेमाजले युएईमा १९ शोज निकालेको छ । युएई कै स्टार सिनेमाजले २, नेशनल सिनेमाले २, ओस्कर सिनेमाजले २ र भक्स सिनेमाजले आफ्ना दुई स्टेशनमा ४ शोज निकालेको छ ।

नोभोले बहराइनमा दुई शो दिएको छ । ओमान र कतारमा पनि सिनेमाले राम्रो शोज प्राप्त गरेको निर्माता महेन्द्र अधिकारीले बताए ।

निर्माण पक्षले दिएको जानकारी अनुसार अस्ट्रेलियामा शो सोल्ड आउट भैसकेका छन् । अस्ट्रेलियामा केहि दिन अगाडी नै बुकिङ खोलेको हुनाले टिकट सोल्ड आउट भएका हुन् ।

यस्तै अमेरिकाको आधा दर्जन हलमा सिनेमाको रेगुलर प्रदर्शन हुनेछ । अमेरिकाका वितरकले दिएको जानकारी अनुसार मंगलबार बेलुकासम्म त्यहाँ शो बाँडिने छ ।

चकलेटी अभिनेता प्रदीपको लूक्स र सिनेमाको कथाबस्तुले ‘प्रकाश’ चर्चामा छ । सिनेमाले बक्सअफिसमा राम्रो व्यापार गर्ने आशा गरिएको छ ।

दिनेश राउतको निर्देशन र बिकास सुवेदीको लेखनमा निर्माण भएको सिनेमामा प्रदीपसंगै दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको पनि अभिनय छ ।

राजेश श्रेष्ठको छायांकन रहेको सिनेमामा सुवास भुषाल/दीपक शर्मा/ताराप्रकाश लिम्बु/एलिस कार्कीको संगीत र जीवन थापाको सम्पादन छ ।

सिनेमाले एक विपन्न परिवारको युवकले शिक्षक बन्न गर्नु परेको संघर्षको कथा भन्छ ।