‘दुई नम्बरी’को लागि गीत गाउँदा ५० हजार जित्ने अवसर

‘दुई नम्बरी’को लागि गीत गाउँदा ५० हजार जित्ने अवसर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – असोज २१ देखि सार्वजनिक प्रदर्शनमा आउने सिनेमा ‘दुई नम्बरी’ले शिर्ष गीत प्रतियोगिता आव्हान गरेको छ ।

सिनेमाको लागि शिर्ष गीत बनाएर इच्छुकले प्रतियोगितामा भाग लिन सक्नेछन । उत्कृष्ट गीतलाई सिनेमामा समावेश गरिने र ५० हजार पुरस्कार स्वरुप प्रदान गरिने प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिए ।

‘प्रतियोगीतामा सहभागी हुन इच्छुकले संसारका जुनसुकै ठाउँबाट गीतको रफ भर्सन रेकर्ड गराएर पठाउन सक्नेछन् । चलचित्रको टिजर बुढासुब्बाको युट्युब च्यानलमा उपलब्ध छ । उक्त, टिजर हेरेर चलचित्रको टाइटल गीत तयार पार्न सकिनेछ ।’ प्रस्तुतकर्ताले नेपालीले भने ।

सहभागीले लोक, आधुनिक, शास्त्रीय वा पाश्चात्य जुनसुकै विधामा गीत तयार पार्न सक्नेछन् । तर, कुनै पनि व्यक्तिले एउटा सिंगो गीत कम्पोज गरेर रफ फाइल पठाउनुपर्ने मेकरले बताएका छन् । आवश्यक परेको खण्डमा निर्माणपक्षले नै लोकप्रिय गायक–गायिकाको स्वरमा रेकर्ड गर्ने निर्देशक दीपेन्द्र लामाले बताए ।

तयार गीत [email protected] इमेल एड्रेसमा पठाउनु पर्नेछ । सहभागिताको लागि भदौ ३१ सम्मको मिति तोकिएको छ ।

गीत छनोट प्रक्रिया निष्पक्ष बनाउनका लागि निर्माण पक्षले निर्णायक समितिका सदस्यहरुको नामलाई गोप्य राखेको बताएको छ ।

मित्रताको कथा भने यस सिनेमामा दयाहाङ राई, उपासना सिंह ठकुरी, उगेन छोदेन, बुद्धि तामाङ, पुस्कर गुरुङ, श्रेयस पौडेल, शारदा गिरीलगायतको अभिनय छ ।

सुशन प्रजापतिको छायाँकन रहेको सिनेमामा जयन जे वाइवाको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र निमेष श्रेष्ठको सम्पादन छ ।

रेड बर्ड प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा दीपक मनाङ्गे(राजीव गुरुङ), अमलादेवी राई, जयस श्रेष्ठको लगानी छ । मिठु तामान्ङ्गीको सिनेमामा सहलगानी छ ।